नेपालगन्ज : लागुऔषध नियन्त्रण तथा न्यूनिकरण अभियान अन्र्तगत बाँके प्रहरीले दुई लिटर बढि लागुऔषध कोरेक्स सहित २ जनालाई नियन्त्रणमा लिएकोछ ।
डुडुवा गाउँपालिका वडा नम्बर ४, खालेमसाहबाट शनिबार बेलुका अन्दाजी ५ बजे नेपालगन्जका दुई जना सहित २३ वटा कोरेक्सको सिसी सहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
ईलाका प्रहरी कार्यालय बनकट्टि ‘क’ बाट खटेको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुर बस्ने ईन्द्रदेव खटिक र डुडुवा गाउँपालिका वडा नम्बर ५ जब्दहवाका कृष्ण सुनारलाई नियन्त्रणमा लिइएको हो ।
बरामद भएको लागुऔषध कोरेक्स दुई लिटर ३ सय मिलिग्राम रहेको बाँके प्रहरी प्रवक्ता सुवास खड्काले सेतोखरीलाई जानकारी दिए । प्रहरीले लु ६१ प ६७२७ नम्बरको मोटरसाईकलमा सवार ती दुईलाई चेकजाँच गर्दा आलुको बोरामा लुकाईछिपाइ ल्याउदै गरेको उक्त कोरेक्स सहित उनीहरुलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखि अनुसन्धान अघि बढाइएको छ ।
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको होस् शंकर पोखरेल
सम्झिरहनेछाैं सधैंभरि...
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ
राष्ट्रसंघले घोषणा गर्यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालबाट स्वागत र धन्यवाद