चमारको हत्या गर्ने वेहना ७ वर्षपछी पक्राउ


चमारको हत्या गर्ने वेहना ७ वर्षपछी पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले गोलु चमारको हत्यामा संलग्न फारार अभियुक्तलाई पक्राउ गरेकोछ ।  साविक उढरापुर गाविस वडा नम्बर ९ बस्ने २० वर्षका गोलु चमारको हत्या गरि फरार रहेका बब्लु वेहना भन्ने रहमत अली वेहनालाई ७ वर्षपछि पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय धनौलीको प्रहरी टोलीले साविक उढरापुर गाविस वडा नम्बर ६ हाल खजुरा गाउँपालिका वडा नम्बर ६ बस्ने वेहनालाई उनकै घरबाट सोमबार नियन्त्रणमा लिएको छ ।

राम भरोसे चमारको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी विधिया यादव समेत भएको मिति २०७० असोज १ गते राती अन्दाजी २ बजे राम भरोसे चमारका छोरा २० वर्षिय गोलु चमारलाई बाँसको लाठी प्रहार गरि हत्या गरेका थिए ।

कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका वेहनासगैं उक्त घटनामा संलग्न व्यक्तिहरू मध्ये साविक उढरापुर गाविस वडा नम्बर–९ बस्ने बिधिया यादव तत्काल पक्राउ परि हाल कारागारमा रहेको, सोही ठाँउ बस्ने राजेश पासी केही समयपछी पक्राउ हाल कारागारमा पुर्पक्षमा थुनामा रहेको र सोही ठाउँका नुर हासन खाँ तथा पेलरु वेहना मुद्दा मुलतवीमा रही फरार रहेको बाँके प्रहरीले जनाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

बाँकेका प्रहरी प्रमुख एसपी ओमबाहादुर रानाका अुनसार फरार कैदी पक्राउ अभियान अन्र्तगत वेहनालाई पक्राउ गरेको बताए । उनले चमारको हत्यामा फरार रहेका अन्य अभियुक्तहरुलाई छिटै पक्राउ गर्ने बताए ।

उनका अनुसार उक्त घटना २०७५ भाद्र १ भन्दा पहिले भएकोले मुलुकी ऐन ज्यान सम्बन्धी महल अनुसार सजाय हुने बताए ।