सशस्त्रद्वारा लाखौं मूल्यको सामान बरामद


सशस्त्रद्वारा लाखौं मूल्यको सामान बरामद

नेपालगन्ज : दशैं नजिकिदै गर्दा बढी मूल्यमा बेच्नलाई भारतबाट नेपालगन्ज ल्याइदै गरिएका लाखौं मूल्य बराबरका महिलाहरुको लागि प्रयोग हुने लत्ता कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमाण्डमा गएको टोलीले आज बिहान ४ बजे नेपालगन्ज वडा नम्बर १५ पिप्रहवा गाउँबाट उक्त महिलाहरुले प्रयोग गर्ने कपडासहित तस्करीमा प्रयोग भएको अटोरिक्सालाई समेत नियन्त्रणमा लिएकोछ ।

बरामद गरिएका कपडाहरुमा ६१ हजार रुपैयाँ बराबरको लेडिज सुट ६१ थान, ९० हजार ती सय रुपैयाँ बराबरको लेडिज कुर्ती १२९ थान बरामद गरेको छ । त्यस्तै १४ हजार ४ सय रुपैयाँ बराबरको १२० थान लेडिज सल र १ लाख ५ हजार बराबर मूल्यको भे १ स ७१६६ नम्बरको अटोरिक्सा बरामद गरेको हो । भारतबाट कपडा ल्याउँदै गरेका तस्करहरुले सशस्त्र प्रहरीलाई देख्नासाथ अटोरिक्सा र कपडा छाडेर भागेको सशस्त्र प्रहरीले बताएको छ ।

त्यस्तै सशस्त्र प्रहरीको कालाबन्जार बिओपीले पनि आज बिहान २ बजे नेपालगन्ज वडा नम्बर १५ नयाँबस्तीबाट लेडिज कपडा बरामद गरेको छ । बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीको कमाण्डको टोलीले भारतबाट ल्याइदै गरिएका ६० हजार ९ सय रुपैयाँ बराबरका ५० पिस लेडिज सुट, ५२ पिस लेडिज कुर्ती र ५१ पिस पलाजु बरामद गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

दुबै टोलीसले बरामद गरेको सबै अबैध सामाग्रीको मुल्य ३ लाख ३१ हजार ६ सय रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेले जानकारी दिएको छ । बरामद गरिएका सबै सामाग्रीलाई आजै नेपालगन्ज भन्सार पठाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।