विद्युत माग गर्दै बाँकेको अगैयामा चक्काजाम


विद्युत माग गर्दै बाँकेको अगैयामा चक्काजाम

नेपालगन्ज : विद्युत माग गर्दै बाँकेको अगैयामा स्थानीयले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेकाछन् ।

दशकौंदेखि बिद्युत सेवाबाट बञ्चित राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ४ का ठूलो संख्यामा उपस्थित भएका स्थानीय बासिन्दाले बाँकेको अगैयामा चक्काजाम गरेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital

स्थानीयको चक्काजामले यतिबेला पूर्वपश्चिम राजमार्ग अबरुद्ध भएकोछ । अबरुद्ध राजमार्ग खुलाउन प्रहरी लागेको भएपनि स्थानीयले चर्को विरोध गर्दै राजमार्ग चक्का जाम गरिरहेकाछन् ।