नेपालगन्ज : सशस्त्र प्रहरीले नेपाल–भारत सीमा नाका दशगजा क्षेत्रबाट ठूलो परिमाणमा अबैध सामग्री बरामद गरेको छ ।
सशस्त्र प्रहरीको टोलीले ९० हजार ४ सय रुपैयाँ बराबरको अबैध सामान बरामद गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१५ टंकपसेरी स्थित दशगजा नजिकबाट सशस्त्र प्रहरीले बिहीबार विहान १० बजे मोटरसाईकल पार्टस्, जुत्ता, पेन्ट, थान कपडा र खाद्यान्नका सामग्री बरामद गरेको बताएको छ ।
सशस्त्र प्रहरी नायब निरीक्षक कमल विक्रम रेउलेको कमाण्डमा खटिएको ७ जनाको मोबाइल गस्ती टोलीलाई देखेर अवैधरुपमा सामान ल्याउँदै गरेका ती व्यक्तिहरु सामान छाडेर भोगपछि उक्त सामग्री बरामद गरेको हो ।
बरामद गरिएका सामग्री आवयश्क कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको छ ।
सम्झिरहनेछाैं सधैंभरि...
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ
राष्ट्रसंघले घोषणा गर्यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालबाट स्वागत र धन्यवाद
भोटेकोसी बाढी: सुरुङमा ‘बेपत्ता’हरूका आफन्त आए सडकमै