सशस्त्र प्रहरीद्वारा दशगजाबाट अबैध सामग्री बरामद


सशस्त्र प्रहरीद्वारा दशगजाबाट अबैध सामग्री बरामद

नेपालगन्ज : सशस्त्र प्रहरीले नेपाल–भारत सीमा नाका दशगजा क्षेत्रबाट ठूलो परिमाणमा अबैध सामग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरीको टोलीले ९० हजार ४ सय रुपैयाँ बराबरको अबैध सामान बरामद गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१५ टंकपसेरी स्थित दशगजा नजिकबाट सशस्त्र प्रहरीले बिहीबार विहान १० बजे मोटरसाईकल पार्टस्, जुत्ता, पेन्ट, थान कपडा र खाद्यान्नका सामग्री बरामद गरेको बताएको छ ।

सशस्त्र प्रहरी नायब निरीक्षक कमल विक्रम रेउलेको कमाण्डमा खटिएको ७ जनाको मोबाइल गस्ती टोलीलाई देखेर अवैधरुपमा सामान ल्याउँदै गरेका ती व्यक्तिहरु सामान छाडेर भोगपछि उक्त सामग्री बरामद गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

बरामद गरिएका सामग्री आवयश्क कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको छ ।