File Photo
नेपालगन्ज : भन्सार छलि भित्र्याएको मोबाईल राखेको गोदाममा बाँके प्रहरीले शुक्रबार दिउँसो छापा हानेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२, कोरियनपुरमा रहेको सुशिल कुमार ठठेरले लुकाई राखेको मोबाईल गोदाममा छापा हानेका हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सई बम रावलका अनुसार भन्सार छलि गरि भित्र्याइएका मोबाईल र मोबाईल पार्टसहरु बरामत गरिएकोछ ।
प्रहरीले करिब दश लाख मूल्य बराबरको मोबाइल र मोबाइलको सामाग्री सहित मालिक ठठेरलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा ल्याइएको जानकारी दिए ।
सम्झिरहनेछाैं सधैंभरि...
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ
राष्ट्रसंघले घोषणा गर्यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालबाट स्वागत र धन्यवाद
भोटेकोसी बाढी: सुरुङमा ‘बेपत्ता’हरूका आफन्त आए सडकमै