नेपालगन्ज : सशस्त्र प्रहरी बल विओपी जमुनाहले नेपाल–भारत सीमानाकाबाट ९० हजार ४ सय रुपैयाँ मूल्य बराबरको अबैध सामान बरामद गरेकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५, टंकपसरी स्थित दशगजा नजिक भारतबाट नेपालतर्फ ल्याउदै गरेको अबैध सामाग्री सशस्त्र प्रहरीले बरामद गरेको हो ।
मोटरसाईकल पार्टस्, जुत्ता, पेन्ट, थान कपडा र केही खाद्यान्नका समानहरु सशस्त्र बल विओपी जमुनाहबाट खटि गएको सहायक प्रहरी निरीक्षक कमलविक्रम रेउलेको टोलीले उक्त सामान बरामद गरेको थियो ।
रेउलेको कमाण्डमा गस्तीमा गएको सशस्त्र प्रहरीलाई देखेपछि तस्कर उक्त अबैध सामान त्यही छाडेर भागेका थिए ।
मोटरसाईकल पार्टस्, जुत्ता, पेन्ट, थान कपडा र केही खाद्यान्नका समानहरु आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सम्झिरहनेछाैं सधैंभरि...
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ
राष्ट्रसंघले घोषणा गर्यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालबाट स्वागत र धन्यवाद
भोटेकोसी बाढी: सुरुङमा ‘बेपत्ता’हरूका आफन्त आए सडकमै