नेपालगन्जबाट प्रहरीद्वारा लाखौं मूल्यको अबैध सामान बरामद


नेपालगन्जबाट प्रहरीद्वारा लाखौं मूल्यको अबैध सामान बरामद

नेपालगन्ज :बाँके प्रहरीले नेपालगन्जबाट लाखौं मूल्यको अबैध सामान बरामद गरेकोछ । चाडपर्व लक्षित विशेष सुरक्षा योजना अघि सारेकै दिन बेलुका बाँके प्रहरीले नेपालगन्जबाट भन्सार छलि गरि नेपाल ल्याएको लाखौं मूल्यको अबैध सामान बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको कमाण्डमा खटेको विशेष प्रहरी टोलीले भन्सार छलि गरि नेपाल ल्याइएको लाखौं मूल्यको अबैध सामान नेपालगन्जबाट आईतबार बेलुका बरामद गरेको हो ।

यतिबेला भन्सार छली, चोरीनिकासी तथा अबैध ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालयको विशेष प्रहरी टोलीको सक्रियता बढेकोछ ।

भन्सार छलि भारतबाट नेपाल ल्याइएको काँचो तथा रेडिमेट कपडा बरामद गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक खड्काले सेतोखरीलाई बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

बाँके प्रहरीको विशेष सुराकीमा चेकजाँच गर्नेक्रममा अबैधरुपमा नेपाल भित्र्याइएको उक्त सामान बरामद गरि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रहरीले बरामद गरेको उक्त अबैध सामान अन्दाजी ६ लाख बढिको हुन सक्ने प्रहरीले सेतोखरीलाई जानकारी दिएको छ । चाडबाड नजिकिएसगैं भन्सार छलि, अबैध सामान ओसारपसार लगायतका गतिविधि बढ्दै गएपछि प्रहरीले आफ्नो सक्रियता देखाएकोछ ।

यसअघि आईतबार भएको पत्रकार सम्मेलनमा बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले जिल्लाको शान्तिसुरक्षा, भन्सारछलि, अबैध सामान ओसारपसार, चोरी, डकैटी लगायतमा प्रहरीले उच्च निगरानी राखेको बताएका थिए ।