नेपालगन्जः चाडबाड विशेष सुरक्षा योजना अन्तरगत नेपालगन्जमा ३० वटा मोटरसाईकल मार्फत ‘क्यूआरटी’ क्विक रिस्पोन्स टिम परिचालन गरिएको छ ।
घटना स्थलमा तत्तकाल पुग्न बाँके प्रहरीले नेपालगन्जमा ३० वटा मोटरसाईकल मार्फत क्यूआरटी क्विक रिस्पोन्स टिम परिचालन गरेको जनाएको छ ।
चाडपर्वलाई लक्षित गरेर सुरक्षा योजना सार्वजनिक गरेको बाँके प्रहरीले सोमबारदेखि क्विक रिस्पोन्स टिम सुरु गरेको छ ।
चाडपर्वमा चोरी, लुटपाट र झैझगडाका घटना बढी हुने भएकाले त्यसको नियन्त्रणका लागि मोटरसाइकल गस्ति अभियान सुरु गरिएको बाँकेका एसपी ओम बहादुर रानाले बताए ।

क्विक रिस्पोन्स टिम चौबिसै घण्टा तयारी अवस्थामा रहने छ । जिल्ला प्रहरी कार्यालयका १४ र जिप्रका मातहत रहेका युनिटका १६ गरी ३० वटा मोटरसाइकलबाट क्विक रिस्पोन्स टिम सुरु गरिएको हो ।
सम्झिरहनेछाैं सधैंभरि...
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ
राष्ट्रसंघले घोषणा गर्यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालबाट स्वागत र धन्यवाद
भोटेकोसी बाढी: सुरुङमा ‘बेपत्ता’हरूका आफन्त आए सडकमै