फैसला कार्यान्वयनमा प्रदेशमै पहिलो बन्यो बाँके प्रहरी

५२० मध्ये ३१५ बाँकेमा पक्राउ


फैसला कार्यान्वयनमा प्रदेशमै पहिलो बन्यो बाँके प्रहरी

नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँके फैसला कार्यान्वयनमा लुम्बिनी प्रदेशमै पहिलो जिल्ला बनेकोछ । फैसला कार्यान्वयनमा बाँके प्रहरीले लुम्बिनी प्रदेश अन्य जिल्ला प्रहरी कार्यालयलाई पछि पार्दै पहिलो बनेको हो ।

हालसम्म लुम्बिनी प्रदेशका सबै जिल्लामा पाँच सय २० जना फरार कसुरदार पक्राउ परेका छन् । तर, ती मध्ये तीन सय १५ जना मात्रै बाँके प्रहरीले पक्राउ गरेको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रवक्ता एवम प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार बैदवारका अनुसार जिल्ला प्रहरी कार्यालय, बाँकेले चालू आर्थिक वर्षको चार महिनामा तीन सय १५ जना फरार कसुरदार पक्राउ गरि अदालतको आदेशमा कारागार पठाएको बताए ।

उनका अनुसार फैसला कार्यान्वयनमा प्रहरी सक्रियरुपमा लाग्नु र कोरोना कहरमा फरार कसुरदारहरु यताउता जान नपाएपछि प्रहरीलाई पक्राउ गर्न सजिलो भएको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

लुम्बिनी प्रदेशमा फैसला कार्यान्वयनमा बाँके पछि दोस्रो स्थानमा बर्दिया रहेकोछ । बर्दिया प्रहरीले हालसम्म ३९ जना फरार कसुरदारलाई पक्राउ गरि कारागार पठाएको छ । भने, कपिलबस्तु प्रहरीले ३२, नवलपरासी प्रहरीले २७ र दाङ प्रहरीले २४ जना फरार कसुरदारलाई पक्राउ गरि कैद भुक्तानका लागि कारागार पठाएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएकोछ ।

यस्तै लुम्बिनी प्रदेश प्रहरीका अनुसार पाल्पा प्रहरीले २२, रुकुम पूर्वले १८, अर्घाखाँचीले १३, गुल्मी र रोल्पा प्रहरीले १०–१०, प्यूठानले ७ र रुपन्देहीले ३ जना फरार कसुरदारलाई पक्राउ गरि अदालतमा बुझाएका छन् ।

लुम्बिनी प्रदेश प्रहरीले चालू आवको चार महिनामा सबैभन्दा धेरै जालसाजी मुद्दाका कसुरदारलाई पक्राउ गरेको प्रवक्ता बैदवारको भनाईछ । उनका अनुसार, यस अवधिमा जालसाजी मुद्दामा सजाय पाएर फरार भएका ६० जना कसुरदारलाई पक्राउ गरि अदालतमा बुझाइएको छ ।

यसैगरी चालू आवमा चोरी अभियोगमा अदालतबाट सजाय तोकिएपछि फरार भएका ५५ जना कसुरदारलाई पक्राउ गरिएकोछ । भने, कुटपिटका ३९ र कुटपिट–लुटपिटका ३७ जना फरार कसुरदार पक्राउ परेकाछन् ।

त्यसैगरि, सम्बन्ध विच्छेदका ३१, लागूऔषध दुब्र्यसन सम्बन्धि २७, जुवातास ३० र सवारी ज्यान सम्बन्धि कसुरमा सजाय तोकिएर फरार रहेका २२ जनालाई पनि पक्राउ गरिएको छ ।

लुम्बिनी प्रदेश प्रहरीका अनुसार, जुवातास मुद्दामा सजाय पाएका ३०, गाली बेइजतीका १९, बहुविवाह, जवरजस्ती करणीका १७–१७, लेनदेन १४, लुटपाट तथा केहि सार्वजनिक अपराध मुद्दाका १३–१३ जना कसुरदारलाई पनि पक्राउ गरिएको छ ।

अदालतले कैद र आर्थिक जरिवाना हुने पैmसला गरेपछि फरार भएका कसुरदारलाई पक्राउ गरि अदालतमा बुझाउन मातहतका प्रहरी कार्यालयले पहल कदमी लिएपछि छोटो अवधिमा धेरै फरार अभियुक्त पक्राउ गर्न सफल भएको भन्दै यसले प्रहरी संगठनमा ईतिहास रच्ने काम भएको लुम्बिनी प्रदेश प्रहरी प्रवक्ता बैदावारको भनाइछ ।

यो चार महिनाको अवधिमा कर्तब्य ज्यान सम्बन्धि मुद्दामा सजाय पाएका १२ जना कसुरदारलाई पक्राउ गरि कारागार चलान गरिएकोछ । लुम्बिनी प्रदेशमा पर्ने जिल्ला प्रहरी कार्यालयले लेनदेन १४, कुटपिट, अंगभंग ११, बन र बैंकिङ कसुर सम्बन्धि १०–१० तथा जग्गा र लिखत बदर सम्बन्धि मुद्दामा सजाय पाएका ६–६ जना फरार कसुरदारलाई पक्राउ गरि अदालतको आदेशमा कारागार पठाएको प्रदेश प्रहरी बताउँछ ।

लुम्बिनी प्रदेश प्रहरीका अनुसार यो अवधिमा कर्तब्य ज्यान मुद्दामा २० वर्ष सजाय फैसला भएका चार जना कसुदारलाई पक्राउ गरि फैसला कार्यान्वयनमा सघाउ पु¥याएको छ । फैसला कार्यान्वयन अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जालसाजी कसुरमा आठ लाख १८ हजार ७५० रुपैँया जरिवाना फैसलाका एक जना कसुरदारलाई पक्राउ गरेको छ । यो सबैभन्दा धेरै जरिवाना भएको मुद्दाका फरार कसुरदार हो ।

प्रदेश प्रहरी प्रवक्ता बैदावारका अनुसार २०५३ सालमा फैसला भएको कुटपिट मुद्दामा २४ वर्ष पछि तीन जना कसुरदारलाई जिल्ला प्रहरी कार्यालय, रोल्पाले पक्राउ गरेको छ ।

‘फैसला कार्यान्वयन अभियानलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयले विशेष प्राथमिकतामा राखेर मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ,’ उनले भने ।