File Photo
नेपालगन्ज : मोटरसाइकको ठक्करबाट राप्तीसोनारी गाउँपालिकामा एक बृद्धको मृत्यु भएको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर–७ फत्तेपुरमा सोमबार दिउँसो भे ६ प ७२४० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६९ वर्षीय बृद्ध करुवा थारुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुभाष खड्काका अनुसार राप्तीसोनारी–४, नयाँबस्ती बैजापुरका २६ वर्षीय निमप्रसाद थारुले चलाएको मोटरसाइकलको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाईते भएका करुवाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
बृद्धलाई ठक्कर दिने मोटरसाइकलसहित चालक थारुलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।
सम्झिरहनेछाैं सधैंभरि...
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ
राष्ट्रसंघले घोषणा गर्यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालबाट स्वागत र धन्यवाद
भोटेकोसी बाढी: सुरुङमा ‘बेपत्ता’हरूका आफन्त आए सडकमै