राप्तीसोनारीमा मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु


राप्तीसोनारीमा मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु

File Photo

नेपालगन्ज : मोटरसाइकको ठक्करबाट राप्तीसोनारी गाउँपालिकामा एक बृद्धको मृत्यु भएको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर–७ फत्तेपुरमा सोमबार दिउँसो भे ६ प ७२४० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६९ वर्षीय बृद्ध करुवा थारुको मृत्यु भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुभाष खड्काका अनुसार राप्तीसोनारी–४, नयाँबस्ती बैजापुरका २६ वर्षीय निमप्रसाद थारुले चलाएको मोटरसाइकलको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाईते भएका करुवाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

बृद्धलाई ठक्कर दिने मोटरसाइकलसहित चालक थारुलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।