१५ किलो गाँजासहित दुईजना पक्राउ


१५ किलो गाँजासहित दुईजना पक्राउ

मलङ्गवा : लागुऔषध गाँजासहित सर्लाहीको लालबन्दीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

लालबन्दी नगरपालिका १, बागवानी केन्द्रका प्रहरीले प्रदेश २-०-३००१ प ८०६३ नम्बरको मोटरसाइकललाई आज बिहान साढे ४ बजे जाँच गर्दा १५ किलो गाँजासहित हरिवन नगरपालिका २, डाबरीका २० वर्षीय श्रवण महतो र १९ वर्षीय बद्री महतोलाई पक्राउ गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital

डाबरीबाट जंगलको बाटो हुँदै बागवानी आएपछि उनीहरुलाई प्रहरीले जाँच गर्दा गाँजा फेला परेपछि नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । प्रहरीले उनीहरुका साथबाट दुई फिट लामो धारिलो हतियार तरबारसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।–रासस