टीकापुर : कैलालीको जानकी गाउँपालिका ५ मा कुटपिट गरी एक युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी लम्कीचुहा नगरपालिका ३ का २२ वर्षीय भरत तिमल्सिनाको हत्या भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख (प्रहरी नायब उपरीक्षक) मधुसूदन न्यौपानेले राति साढे १० बजे जानकी ५ मा युवा समूहको आक्रमणमा परी सख्त घाइते भएका तिमल्सिनालाई उपचारका लागि नेपालगन्ज लगिएकामा अस्पताल पु¥याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेको बताए ।
तिमल्सिनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक न्यौपानेले अनुसन्धानका लागि स्थानीय मानबहादुर चौधरी, केशव टमटा र समर चौधरीलाई पक्राउ गरिएको जानकारी दिए । घटना भएको ठाउँ जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिकाको सीमामा पर्छ । –रासस
सम्झिरहनेछाैं सधैंभरि...
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ
राष्ट्रसंघले घोषणा गर्यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालबाट स्वागत र धन्यवाद
भोटेकोसी बाढी: सुरुङमा ‘बेपत्ता’हरूका आफन्त आए सडकमै