उदयपुरबाट २ भारतीय ब्राउनसुगरसहित पक्राउ


उदयपुरबाट २ भारतीय ब्राउनसुगरसहित पक्राउ

नेपालगन्ज : दुई भारतीय नागरिकसहित ४ जनालाई लागुऔषध ब्राउन सुगरसहित बाँके प्रहरीले नियन्त्रणमा लिएकोछ ।

लागू औषध नियन्त्रण व्यूरो नेपालगन्ज शाखा र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विषेश प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर –१३ उदयपुरको किसान ईटाभट्टा नजिकबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदेश सापकोटाका अनुसार २० ग्राम ब्राउन सुगरसहित भारत बहराइच जिल्ला रुपैडिहाका २९ वर्षिय राकेश सोनी र १८ वर्षिय जोगेन्द्र सोनीलाई नियन्त्रणमा लिइएकोछ ।

यसैगरी खजुरा गाउँपालिका वडा नम्बर–३ का २५ वर्षिय बिष्णुुु थापा र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ घरबारीटोलका सागर थापाको साथबाट २ ग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

प्रहरीको प्रारम्भिक अनुसंन्धानमा थापाद्वयले सोनीद्वयका साथबाट सो ब्राउन सुगर खरिद गरेको खुल्न आएको छ । यद्यपी प्रहरीले आवश्यक अनुसंधानको लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेको छ ।