नेपालगन्ज : दुई भारतीय नागरिकसहित ४ जनालाई लागुऔषध ब्राउन सुगरसहित बाँके प्रहरीले नियन्त्रणमा लिएकोछ ।
लागू औषध नियन्त्रण व्यूरो नेपालगन्ज शाखा र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विषेश प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर –१३ उदयपुरको किसान ईटाभट्टा नजिकबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदेश सापकोटाका अनुसार २० ग्राम ब्राउन सुगरसहित भारत बहराइच जिल्ला रुपैडिहाका २९ वर्षिय राकेश सोनी र १८ वर्षिय जोगेन्द्र सोनीलाई नियन्त्रणमा लिइएकोछ ।
यसैगरी खजुरा गाउँपालिका वडा नम्बर–३ का २५ वर्षिय बिष्णुुु थापा र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ घरबारीटोलका सागर थापाको साथबाट २ ग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेकोछ ।
प्रहरीको प्रारम्भिक अनुसंन्धानमा थापाद्वयले सोनीद्वयका साथबाट सो ब्राउन सुगर खरिद गरेको खुल्न आएको छ । यद्यपी प्रहरीले आवश्यक अनुसंधानको लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेको छ ।
सम्झिरहनेछाैं सधैंभरि...
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ
राष्ट्रसंघले घोषणा गर्यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालबाट स्वागत र धन्यवाद
भोटेकोसी बाढी: सुरुङमा ‘बेपत्ता’हरूका आफन्त आए सडकमै