सम्झना चोकबाट १० किलो अफिम सहित शाही पक्राउ


सम्झना चोकबाट १० किलो अफिम सहित शाही पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले १० किलो अफिम सहित एकजनालाई नियन्त्रणमा लिएकोछ ।

बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट बिहीबार १० किलो अफिम सहित जाजरकोटका तिलकबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बाँके प्रहरीका अनुसार ठूलो मात्रामा अफिम कारोबार भइरहेको छ भन्ने सूचना पाए लगत्तै चेकजाँच गर्दा जाजरकोटका शाहीलाई उक्त लागुऔषध अफिमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदेश सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार लागुऔषध अफिमको मोलमोलाई भइरहेकै बेला लागुऔषध अफिम सहित शाहीलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिदाँ दश किलो चार सय ग्राम तौल अफिम भएपनि पलास्टीकमा प्याकिङ्ग गरिएकोले नेट १० केजी हुनसक्ने आँकल गरिएको प्रहरी निरीक्षक सापकोटाले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

सापकोटाका अनुसार पक्राउ परेका शाही स्वयम लागुऔषध अफिम उत्पादक र यसको कारोबारी रहेको खुल्न आएकोछ । उनका अनुसार जाजरकोटबाट बाँके अफिम बेच्न शाही आफै आएका हुन् ।

पक्राउ परेका शाहीलाई लागुऔषध अफिम सहित यतिबेला जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएकोछ ।

पहाडी जिल्लामा उत्पादन हुने अफिम बाँके, बर्दियाबाट कारोबार भइ भारत तथा तेस्रो मुलुक पैठारी हुने गर्छ । यताबाट अफिम तस्करी गरि उता पठाउने र उताबाट सोही अफिमबाट ब्राउनसुगर बनाएर नेपाल भित्र्याइने गरिन्छ ।

केही दिनअघि ब्यूरोको टोलीले बाँकेको कुसुमबाट तीन किलो अफिम सहित एकजनालाई पक्राउ गरेको थियो । केही महिना अघि बाँकेकै कुशुमबाट १० किलो अफिम सहित तीन जना पक्राउ परेका थिए ।