नेपालगन्ज : चाडबाड विशेष सुरक्षा योजना अघि सारेको बाँके प्रहरीले ठूलो मात्रामा पटाका बरामद गरेकोछ ।
जिल्लाको शान्ति सुरक्षा चुस्तदुरुस्त राख्न दशैअघि बाँके प्रहरीले चाडबाड लक्षित विशेष सुरक्षा योजना अघि सारेको थियो । सोही सुरक्षा योजना अन्र्तगत जिल्लाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण पनि प्रहरीलाई सफलता मिल्दै गएकोछ ।
विशेष सुरक्षा योजनामा आफ्नो निगरानी बढाएको बाँके प्रहरीले तिहार लक्षित भारतबाट नेपाल भित्र्याउदै गरेको ठूलो मात्रामा पटाका बरामद गरेको हो ।
तिहारमा पटकाइने पटाका र आतिसबाजीले शान्ति सुरक्षामा खलल पुग्ने भन्दै बाँके प्रहरीले पछिल्लो समय पटाका लगायतका सामाग्री आफ्नो निगरानी बढाएकोछ ।
प्रहरीले नेपाल–भारत सीमानाका जमुनाहाबाट पाँच लाख रुपैयाँभन्दा बढीको पटाका बरामद गरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।
उनका अनुसार भारतको रुपैडिहाबाट जमुनाहा गाउँ हुँदै नेपालगन्ज भित्रिएको पटाका प्रहरीले नियन्त्रणमा लिएको हो । मोटरसाइकलमा राखेर पटाका ल्याइरहेका व्यक्तिहरु प्रहरीलाई देखेपछि पटाका फालेर भागेको प्रहरीको भनाइ छ ।
पछिल्लो समय तिहार नजिकिएसंगै बाँकेका विभिन्न नाका हुदैँ भारतबाट पटाका ल्याउने क्रम पनि बढेको छ । कोरोना भाइरस संक्रमणकाबीच आएको चाडबाड स्वास्थ्य सुरक्षा अपनाउदै सुरक्षितरुपमा मनाउन बाँके प्रहरीले आग्रह गरेकोछ ।
सम्झिरहनेछाैं सधैंभरि...
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ
राष्ट्रसंघले घोषणा गर्यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालबाट स्वागत र धन्यवाद
भोटेकोसी बाढी: सुरुङमा ‘बेपत्ता’हरूका आफन्त आए सडकमै