तिहारमा नो पटाका


तिहारमा नो पटाका

नेपालगन्ज : चाडबाड विशेष सुरक्षा योजना अघि सारेको बाँके प्रहरीले ठूलो मात्रामा पटाका बरामद गरेकोछ ।

जिल्लाको शान्ति सुरक्षा चुस्तदुरुस्त राख्न दशैअघि बाँके प्रहरीले चाडबाड लक्षित विशेष सुरक्षा योजना अघि सारेको थियो । सोही सुरक्षा योजना अन्र्तगत जिल्लाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण पनि प्रहरीलाई सफलता मिल्दै गएकोछ ।

विशेष सुरक्षा योजनामा आफ्नो निगरानी बढाएको बाँके प्रहरीले तिहार लक्षित भारतबाट नेपाल भित्र्याउदै गरेको ठूलो मात्रामा पटाका बरामद गरेको हो ।

तिहारमा पटकाइने पटाका र आतिसबाजीले शान्ति सुरक्षामा खलल पुग्ने भन्दै बाँके प्रहरीले पछिल्लो समय पटाका लगायतका सामाग्री आफ्नो निगरानी बढाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रहरीले नेपाल–भारत सीमानाका जमुनाहाबाट पाँच लाख रुपैयाँभन्दा बढीको पटाका बरामद गरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार भारतको रुपैडिहाबाट जमुनाहा गाउँ हुँदै नेपालगन्ज भित्रिएको पटाका प्रहरीले नियन्त्रणमा लिएको हो । मोटरसाइकलमा राखेर पटाका ल्याइरहेका व्यक्तिहरु प्रहरीलाई देखेपछि पटाका फालेर भागेको प्रहरीको भनाइ छ ।

पछिल्लो समय तिहार नजिकिएसंगै बाँकेका विभिन्न नाका हुदैँ भारतबाट पटाका ल्याउने क्रम पनि बढेको छ । कोरोना भाइरस संक्रमणकाबीच आएको चाडबाड स्वास्थ्य सुरक्षा अपनाउदै सुरक्षितरुपमा मनाउन बाँके प्रहरीले आग्रह गरेकोछ ।