नेपालगन्ज : बाँके प्रहरीले ब्राउन सुगरसहित एकजनालाई नियन्त्रणमा लिएको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–२ पुष्पलाल चोक स्थित नागरिक गेष्ट हाउसबाट सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नम्बर २ बस्ने २२ वर्षिय स’निल बोहरालाई १२ ग्राम लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।
उक्त गेष्ट हाउसमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचना पाएको बाँके प्रहरीले गेष्ट हाउसको कोठा नम्बर १०२ खानतलासी गर्दा सुनिलका साथ उक्त लागुऔषध ब्राउनसुगर बरामद गरेको हो ।
प्रहरीका अनुसार बोहराले लगाएको सेतो रङको हुडको अगाडी खल्तिमा कालो प्लाष्टिकभित्र सेतो प्लाष्टिकमा स–सानो १५ वटा पोका बनाई राखेको उक्त ब्राउन सुगर तौल १२ ग्राम रहेको छ ।
ब्राउन सुगरसहित पक्राउ परेका सुनिललाई प्रहरी हिरासतमा राखी आवश्यक कारबाही अघि बढाईएको बाँके प्रहरील जनाएकोछ ।
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ
राष्ट्रसंघले घोषणा गर्यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालबाट स्वागत र धन्यवाद
भोटेकोसी बाढी: सुरुङमा ‘बेपत्ता’हरूका आफन्त आए सडकमै
‘सुरुङभित्र अझै सम्भावित जीवनहरू छन्’