नेपालगन्ज : अपराध अनुसन्धानमा अब्बल मानिएका वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमखु प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले बसबाट हराएको चार लाख रुपैयाँ पाँच दिन पछि फेला पारी सम्बन्धित ब्यक्तिलाई बुझाउन सफल भएकाछन् ।
फेला पारेको चार लाख रुपैया निरीक्षक खड्काले बाँकेका प्रहरी प्रमुख उपरीक्षक ओमबहादुर रानामार्फत पीडित राधिका विकलाई बुझाउन सफल भएका हुन ।
बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ३ बस्ने राधिका बिक मंसिर १० गते दमराबाट बानियाँभार जाने क्रममा नगद चार लाख रुपैयाँ रहेको उनको झोला बसबाट हराएको थियो ।
चार लाख नगद सहितको झोला हराएको भनि वडा प्रहरी कार्यालय नेपालगन्जमा राधिकाले निवेदन दिए पश्चात वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक खड्का स्वयं अनुसन्धानमा खटेका थिए ।
कोहलपुर चौराहमा रहेको सिसी टिभिले कैद गरेको फुटेजबाट निरन्तर अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक खड्काले पाँचौ दिनमा हराइरहेको रकम फेला पारेका हुन् ।
लामो समय सिआइबीमा काम गरेका निरीक्षक खड्का अपराध अनुसन्धानमा अब्बल मानिन्छन् ।
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ
राष्ट्रसंघले घोषणा गर्यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालबाट स्वागत र धन्यवाद
भोटेकोसी बाढी: सुरुङमा ‘बेपत्ता’हरूका आफन्त आए सडकमै
‘सुरुङभित्र अझै सम्भावित जीवनहरू छन्’
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’