नेपालगन्ज : लागुऔषध गाँजासहित धनिराम यादवलाई प्रहरीले पक्राउ गरेकोछ ।
बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर–४, जयरामपुरवा बस्ने ४५ वर्षिय यादवलाई २५ केजी लागुऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।
बाँकेको नरैनापुर गाउँपालिका स्थित ईलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरी निरीक्षक वसन्त गौतमको कमाण्डमा खटेको प्रहरीले यादवको घरमा लुकाई राखेको उक्त गाँजासहित पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएकोछ ।
बरामद गरिएको गाँजा र पक्राउ परेका यादवमाथि प्रहरीले थप अनुसन्धान अघि बढएको प्रदेश प्रहरीले जानकारी दिएकोछ ।
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ
राष्ट्रसंघले घोषणा गर्यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालबाट स्वागत र धन्यवाद
भोटेकोसी बाढी: सुरुङमा ‘बेपत्ता’हरूका आफन्त आए सडकमै
‘सुरुङभित्र अझै सम्भावित जीवनहरू छन्’
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’