२५ किलो गाँजासहित धनिराम प्रहरी फन्दामा


२५ किलो गाँजासहित धनिराम प्रहरी फन्दामा

नेपालगन्ज : लागुऔषध गाँजासहित धनिराम यादवलाई प्रहरीले पक्राउ गरेकोछ ।

बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर–४, जयरामपुरवा बस्ने ४५ वर्षिय यादवलाई २५ केजी लागुऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

बाँकेको नरैनापुर गाउँपालिका स्थित ईलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरी निरीक्षक वसन्त गौतमको कमाण्डमा खटेको प्रहरीले यादवको घरमा लुकाई राखेको उक्त गाँजासहित पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएकोछ ।

बरामद गरिएको गाँजा र पक्राउ परेका यादवमाथि प्रहरीले थप अनुसन्धान अघि बढएको प्रदेश प्रहरीले जानकारी दिएकोछ ।