नेपालगन्ज : ब्राउन सुगरसहित ६ जनालाई दाङ प्रहरीले नियन्त्रणमा लिएकोछ ।
गढवा गाउँपालिका वडा नम्बर–१, जुरौनीस्थित गफुर मियाँको घरबाट ३० ग्राम लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई नियन्त्रणमा लिएको लुम्बिनी प्रदेश प्रहरीले जनाएकोछ ।
प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवम प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारका अनुसार पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर–९ देवीकोट निवासी ३७ वर्षीय सम्सुलहक मियाँ, प्युठान सरुमारानी राप्ती गाउँपालिका–१ बाङ्गेसाल निवासी ३० वर्षीय ईसादिन मियाँ रहेका छन् ।
यसैगरि सोही ठाउँ निवासी २८ वर्षीय अजित मियाँ, सोही वडा माझेलाठी निवासी २३ वर्षीय रबिन नेपाली तथा बाङ्गेसाल निवासी २४ वर्षीय ईद्रिस मियाँ र गढवा गाउँपालिका वडा नम्बर–१ जुरौनी निवासी ३२ वर्षीय गफुर मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका यी सबै ६ जनालाई प्रहरी हिरासतमा राखी उनीहरुमाथि अनुसन्धान अघि बढाइएको लुम्बिनी प्रदेश प्रहरी प्रवक्ता बैदावारले जानकारी दिए । पक्राउ पर्नेहरु लागुऔषध ब्राउनसुगर प्रयोगकर्ता हुन् वा यसका कारोबारी वा भरिया त्यो अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएकोछ ।