नेपालगन्ज : ७ वर्षिया बालिकालाई बलात्कार गरि फरार रहेका अभियुक्तलाई बाँके प्रहरीले ११ वर्षपछि पक्राउ गर्न सफल भएकोछ ।
२०६८ साल असार ३१ गते जिल्ला अदालत बाँकेले जबरजस्ती करणी सम्बन्धि मुद्दामा १० वर्ष कैद सजाय फैसला गरेका नैनापुर गाउँपालिका–९ का ३४ वर्षीय हेमन्तकुमार मिश्रलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
बाँकेको साविक कालाफाँटा गाविस वडा नम्बर–३, हाल नरैनापुर गाउँपालिका वडा नम्बर –३ नरैनापुर बस्ने ७ वर्षिया बालिकालाई २०६६ कात्र्तिक २७ गते अन्दाजी राती ९ बजे उनले जबरजस्ती गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा मङ्गलबार गरिएको पत्रकार सम्मेलनमा बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओबहादुर रानाले मुल्तवि र फरार अपराधी पक्राउ गर्ने अभियानलाई तिव्रता दिएसगैं उनलाई पक्राउ गर्न सफल भएको जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय भगवानपुरको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रानाले जानकारी दिए । पक्राउ गरिएका हेमन्तकुमारलाई यतिबेला जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएकोछ ।
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ
राष्ट्रसंघले घोषणा गर्यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालबाट स्वागत र धन्यवाद
भोटेकोसी बाढी: सुरुङमा ‘बेपत्ता’हरूका आफन्त आए सडकमै
‘सुरुङभित्र अझै सम्भावित जीवनहरू छन्’
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’