ज्यानमार्ने उद्योगमा ४ पक्राउ


ज्यानमार्ने उद्योगमा ४ पक्राउ

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २०, मदनापुरमा कार्तिक २२ गते अन्दाजी राती १२ जित कुमार श्रेष्ठको विवाह घरमा नाचगान, रमाईलो गर्ने क्रममा वादविवाद भई सोही रिसिवीका कारण मदनापुर वस्ने २८ वर्षिय रमेश बुढाथोकीलाई ज्यान मार्ने मनसायले लाठी, चिरपट लगायतले प्रहार गरि घाईते बनाइ फरार रहेका ४ जनालाई बाँके प्रहरीले पक्राउ गरेकोछ ।

पक्राउ पर्नेमा १९ वर्षिय दिनेश पुरी, १९ वर्षिय धर्म ओली, २१ वर्षिय सुरज कुँवर र १९ वर्षिय उमेश घर्तीमगर रहेका छन् । उनीहरु मदनापुरबासी हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

पक्राउ परेका ती युवालाई मुलुकी फैजदारी कार्यविधी संहिता २०७४ अनुसार १० वर्ष सम्म कैद र एक लाख रुपैयाँ जरिवाना हुनसक्ने बाँके प्रहरीले जनाएकोछ ।