नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २०, मदनापुरमा कार्तिक २२ गते अन्दाजी राती १२ जित कुमार श्रेष्ठको विवाह घरमा नाचगान, रमाईलो गर्ने क्रममा वादविवाद भई सोही रिसिवीका कारण मदनापुर वस्ने २८ वर्षिय रमेश बुढाथोकीलाई ज्यान मार्ने मनसायले लाठी, चिरपट लगायतले प्रहार गरि घाईते बनाइ फरार रहेका ४ जनालाई बाँके प्रहरीले पक्राउ गरेकोछ ।
पक्राउ पर्नेमा १९ वर्षिय दिनेश पुरी, १९ वर्षिय धर्म ओली, २१ वर्षिय सुरज कुँवर र १९ वर्षिय उमेश घर्तीमगर रहेका छन् । उनीहरु मदनापुरबासी हुन् ।
पक्राउ परेका ती युवालाई मुलुकी फैजदारी कार्यविधी संहिता २०७४ अनुसार १० वर्ष सम्म कैद र एक लाख रुपैयाँ जरिवाना हुनसक्ने बाँके प्रहरीले जनाएकोछ ।
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ
राष्ट्रसंघले घोषणा गर्यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालबाट स्वागत र धन्यवाद
भोटेकोसी बाढी: सुरुङमा ‘बेपत्ता’हरूका आफन्त आए सडकमै
‘सुरुङभित्र अझै सम्भावित जीवनहरू छन्’
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’