दाङ : दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । आज बिहान ६ बजे तुलसीपुरको–१३ बखरियामा आगलागी हुँदा उक्त बस जलेर नष्ट भएको छ ।
तुलसीपुरबाट नेपालगन्ज आउदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।
मानवीय क्षति भने नभएको प्रहरी चौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए ।
प्रहरीका अनुसार बसको ब्याट्री सर्ट हुँदा उक्त बसमा आगलागी भएको हो । गाडीमा १५÷१६ जना यात्रु भएको प्रहरीले बताएको छ ।