नेपालगन्ज : आफ्ना दुई बच्चासहित लाहौरतर्फ आइरहेकी एक महिलाको राजमार्गमा सामुहिक बलात्कार भएपछि पाकिस्तानभर त्यसको विरोध भएको थियो । घटनाको दोश्रो दिन आफ्ना दुई सन्तानका अगाडि बलात्कृत भएकी महिला पनि घटनाका लागि केही हदसम्म दोषी भएको बयान लाहौरका शीर्ष प्रहरी अधिकारीले दिएपछि पाकिस्तानभर बलात्कारका घटनामा कडा सजायको प्रावधानसहित कानूनको चर्को माग उठेको थियो ।
यहीबिच पाकिस्तानले बलात्कारका दोषीलाई नपुंसक बनाउने कडा कानून ल्याउने भएको छ । नयाँ कानूनले यससम्बन्धी मुद्धामा शीघ्र सुनुवाइसँगै कडा सजायको व्यवस्था गरेको हो । नयाँ कानूनमा दोषी प्रमाणित भए रसायनिकरूपमा नपुंसकसम्म बनाउन सकिने प्रावधान राखिएको छ ।
मंगलबार पाकिस्तानका राष्ट्रपति आरिफ अल्बीले यससम्बन्धी अध्यादेशमा हस्ताक्षर समेत गरेका छन् । पाकिस्तानका प्रधानमन्त्रीले यस कानूनलाई अबको १ सय २० दिन भित्र संसदबाट पास गर्नुपर्नेछ । त्यसपछिमात्र कानून कार्यन्वयनमा आउनेछ ।
कानून अनुसार बलात्कारसम्बन्धी मुद्धा हेर्न फास्ट ट्र्याक अदालतको गठन गरिनेछ र सो अदालतले चार महिनाभित्र आफ्नो फैसला सुनाउन सक्नेछ । यध्यपी नयाँ कानूनको आलोचना पनि सुरू भएको छ । आलोचकहरूले कानून अत्यन्तै कडा भएको र यो तयार पार्दा सरकारी अधिकारीहरूले पर्याप्त विचार–विमर्श नगरेको भन्दै आलोचना गरेका छन् ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकारले यससम्बन्धी अध्यादेशलाई गत महिना स्वीकृति दिएको थियो । बलात्कारीलाई नपुंसक बनाउने कानून बनाउने पाकिस्तान पहिलो मुलुक भने होइन । विश्वमा इन्डोनेशिया, पोल्याण्ड लगायतका देशले यस्तो कानून पहिला नै बनाइसकेका छन् ।
त्यहाँ बालबालिका बलात्कार गर्ने बयस्क मानिसलाई यो सजाय अनिवार्य छ । पोल्याण्डले सन् २००९ मा यो कानून बनाएको भने इन्डोनेशियाले सन् २०१६ मा बनाएको हो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी