कञ्चनपुर : भारततर्फ लैजाँदै गरेका दुई युवतीको सशस्त्र प्रहरीले गए राति उद्धार गरी शान्ति पुनःस्थापना केन्द्र त्रिनगर कैलालीमा बुझाएको छ ।
बोर्डर आउटपोष्ट डोकेबजार र बोर्डर आउट पोष्ट आपतालबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेका वेदकोट नगरपालिका–१ हात्तिथलका १८ वर्षीया र धादिङ छाख्रे गाउँपालिका–५ बस्ने २० वर्षीया गरी दुई युवतीको उद्धार गरेको हो ।
उद्धार गरिएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि शान्ति पुनःस्थापन केन्द्र त्रिनगरमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।
युवतीलाई भारततर्फ लैजाने कार्यमा संलग्न वेदकोट–१ हात्तिथलाका २० वर्षीय लोकेन्द्र बोहरा र बझाङ जिल्ला मष्टा गाउँपालिका–३ ठकुरीथानाका २१ वर्षीय सुनिल बोहरालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा बुझाइएको उनले बताए । -रासस
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै