नेपालगन्ज : बाँके प्रहरीले ठूलो मात्रामा अबैध सामा बरामद गरेकोछ । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २, बेतहनी नजिकबाट ठूलो मात्रामा अबैध सामाग्री बरामद गरेको हो ।
भारतबाट अबैधरुपमा भन्सार छली चोरी पैठारी गरि नेपाल भित्र्याइएको अबैध सामाग्री वडा प्रहरी कार्यालय नेपालगन्जको प्रहरी टोलीले शनिबार बिहान १०ः२५ बजे बेतहनीबाट उक्त सामान बरामद गरेको हो ।
बाँके प्रहरीका अनुसार भारतबाट अबैधरुपमा भन्सार छलि ठूलो मात्रामा सामान चोरीपैठारी भइरहेको सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा उक्त सामाग्री बराम गरिएको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए ।
प्रहरी प्रमुख रानाका अनुसार चिनी ९०० केजी, युरिया मल ८०० केजी, सुपर पावर सुर्ती १९९ पोका र खलिल शाही सुर्ती ५० पोका बरामद गरेकोछ । बरामद गरिएका सामाग्रीको आवश्यक कारबाहीका लागि आईतबार नेपालगन्ज भन्सार कार्यालयमा बुझाइनेछ ।