नेपालगन्ज : बाँके प्रहरीले ठूलो मात्रामा अबैध सामा बरामद गरेकोछ । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २, बेतहनी नजिकबाट ठूलो मात्रामा अबैध सामाग्री बरामद गरेको हो ।
भारतबाट अबैधरुपमा भन्सार छली चोरी पैठारी गरि नेपाल भित्र्याइएको अबैध सामाग्री वडा प्रहरी कार्यालय नेपालगन्जको प्रहरी टोलीले शनिबार बिहान १०ः२५ बजे बेतहनीबाट उक्त सामान बरामद गरेको हो ।
बाँके प्रहरीका अनुसार भारतबाट अबैधरुपमा भन्सार छलि ठूलो मात्रामा सामान चोरीपैठारी भइरहेको सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा उक्त सामाग्री बराम गरिएको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए ।
प्रहरी प्रमुख रानाका अनुसार चिनी ९०० केजी, युरिया मल ८०० केजी, सुपर पावर सुर्ती १९९ पोका र खलिल शाही सुर्ती ५० पोका बरामद गरेकोछ । बरामद गरिएका सामाग्रीको आवश्यक कारबाहीका लागि आईतबार नेपालगन्ज भन्सार कार्यालयमा बुझाइनेछ ।
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै