कारकाँदोमा बसले ट्रयाक्टरलाई ठोक्यो एकजनाको मृत्यु, ७ घाईते


कारकाँदोमा बसले ट्रयाक्टरलाई ठोक्यो एकजनाको मृत्यु, ७ घाईते

सौजन्य तस्विर : नेपालगन्ज ग्यालरी

नेपालगन्जः नेपालगन्ज–कोहलपुर सडकखण्डको सिद्धार्थ भ्यू नजिक रहेको एसके पेट्रोल पम्प नजिक बसले ट्रयाक्टरलाई ठक्कर दिदाँ घटना स्थलमै एकजनाको मृत्यु भएको छ भने ७ जना घाईते भएकाछन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार नेपालगन्जदेखि कोहलपुरतिर गइरहेको ना ५ ख ५७७३ नम्बरको बसले सोही दिशामा गइरहेको भे १ त ५१३४ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिदाँ दुर्घटना भएको हो ।

प्रहरी उपरीक्षक रानाले सेतोखरीसंग कुरा गर्दै भने–‘सिद्धार्थ भ्यू होटल नजिक अघिअघि गइरहेको ट्रयाक्टरलाई सोही दिशाबाट पछिपछि आइरहेको बसले ठक्कर दिदाँ दुर्घटना भएको हो ।’ उनले भने–‘नेपालगन्ज–कोहलपुर सडकखण्डमा अघिअघि गइरहेको ट्रयाक्टर दायाँ मोड्ने क्रममा पछाडिबाट आएको बस ट्रयाक्टरको पछिल्लोभाग ट्रलीमा ठोक्किन पुगेको थियो । ट्रलिमा ठोक्किएको बस अनियन्त्रित भई अचानक बायाँ मोडिँदा बायाँ छेउमा रहेको पसलमा ठोक्किन पुगेको थियो ।’

प्रहरी उपरीक्षक रानाले भने–‘अनियन्त्रित भएको बसले अटोरिक्सा बनाउने पसलेलाई किच्दै सटरमा गएर ठोक्किएर अडिएको थियो ।’ दुर्घटना भएको खबर पाए लगत्तै पुगेको प्रहरी टोलीले बसलाई हुकको प्रयोग गरि त्यहाँबाट निकालेकोछ । प्रहरी उपरीक्षक रानाले सेतोखरीसंग कुरा गर्दै भने–‘उक्त दुर्घटनामा परि अटोरिक्सा बनाउने मिस्त्रीको मृत्यु भएको बुझिएकोछ । विस्तृत विवरण संकलन भइरहेकोछ ।’

Kanti Aarogya Hospital Nepalgunj

उनले भने –‘बसमा सवार ५ जना र एक जना मोटरसाईकलमा सवार तथा सडक छेउका एकजना गरि ७ जना घाईते भएकाछन् । जसमध्ये सातै जनाको अस्पतालमा उपचार भइरहेको छ ।’ घाईते हुनेहरुमा ५ जना सामान्य र २ जनाको अवस्था मध्यम रहेकोछ ।