नेपालगन्ज : बर्दियामा बाघले मोटरसाइकलमा सवार महिलालाई झम्टेर लगेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा सवार ती महिलामाथि बाघले आक्रमण गरेको हो ।
महिला अझैसम्म फेला परेकी छैनन् । कैलालीको लम्किचुहा नगरपालिका–४ कि ५० वर्षीया नन्दकला थापालाई पाटे बाघले झम्टेर लगेको निकुञ्जले जनाएको छ । मोटरसाइकल चालक उनका छोरा सामान्य घाइते छन् । उपचारपछि आमाछोरा मोटरसाइकलमा सवार भई घरतर्फ आउँदै थिए ।
शुक्रबार राति करिव साढे ८ बजेतिर बाघले मोटरसाइकल सवार यात्रुमाथि आक्रमण गरेपछि निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना हात्तीसहित खोजीमा निस्किएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।
‘रातिदेखि नै बेपत्ता भएकी महिलाको खोजीकार्य जारी छ, तर अहिलेसम्म उहाँ भेटिनुभएको छैन,’ श्रेष्ठले भने, ‘अबदेखि बेलुका भएपछि निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा मोटरसाइकल, साइकल र पैदल हिँड्न प्रतिबन्ध लगाउने विषयमा छलफल गरिनेछ ।’
पछिल्लो समय बर्दियामा बाघ आतंक बढ्दै गएको छ । बर्दियाको मधुवन नगरपालिकामा रहेको खाता जैविक मार्गमा घर पालुवा जनावरलाई बाघले आक्रमण गर्न थालेको छ । पौष महिनाको पहिलो सातादेखि नै निरन्तर पाटे बाघले गाईवस्तुमाथि आक्रमण गर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् ।
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै