नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले कटुवा पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ ।
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर– १ स्थित दीपक कुमार चौधरी (वर्मा) लाई उनकै पसलबाट कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।
चौधरीले सञ्चालन गरेको पसलमा अबैध हातहतियारको कारोबार भईरहेको भन्ने सूचना पाएको बाँके प्रहरीले आईतबार दिउँसो साढे १ बजे विशेष प्रहरी टोली परिचालन गरी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाका अनुसार गोप्य सूचनाका आधारमा खानतलासी गर्दा चौधरीले कम्मरको दाँयातर्फ बेल्टले च्यापी राखेको अवस्थामा एक थान कुटवा पेस्तोल फेला पारेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रानाले वितेको ६ महिनाको अवधीमा बाँकेबाट ५ थान भरुवा बन्दुक, ३ थान कटुवा पेस्तोल र १० राउण्ड गोली बरामद गरेको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका अभियुक्त चौधरी सहित विभिन्न अभियोगमा प्रक्राउ परेका ६ जनालाई सार्वजनिक गरेको छ ।
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै