कटुवा पेस्तोलसहित दीपक पक्राउ


कटुवा पेस्तोलसहित दीपक पक्राउ

नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले कटुवा पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ ।

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर– १ स्थित दीपक कुमार चौधरी (वर्मा) लाई उनकै पसलबाट कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

चौधरीले सञ्चालन गरेको पसलमा अबैध हातहतियारको कारोबार भईरहेको भन्ने सूचना पाएको बाँके प्रहरीले आईतबार दिउँसो साढे १ बजे विशेष प्रहरी टोली परिचालन गरी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाका अनुसार गोप्य सूचनाका आधारमा खानतलासी गर्दा चौधरीले कम्मरको दाँयातर्फ बेल्टले च्यापी राखेको अवस्थामा एक थान कुटवा पेस्तोल फेला पारेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

पत्रकार सम्मेलनमा बोल्दै बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रानाले वितेको ६ महिनाको अवधीमा बाँकेबाट ५ थान भरुवा बन्दुक, ३ थान कटुवा पेस्तोल र १० राउण्ड गोली बरामद गरेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका अभियुक्त चौधरी सहित विभिन्न अभियोगमा प्रक्राउ परेका ६ जनालाई सार्वजनिक गरेको छ ।