काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सोमबार भएको कञ्चनपुर घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमाक्षेत्रमा एक नेपालीलाई गोली प्रहार गरी घाइते बनाएको घटनाप्रति घोर भत्सर्ना गरेका छन् ।
उनले घटनाको छानबिन गर्न, भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न सरकारको ध्यान आकर्षित गरेका छन् ।
उनले भनेका छन् –‘कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल–भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार साँझ १६ बर्षिय नेपाली नागरिक नरेन्द्र सुनारमाथि गोली प्रहार गरेको घटनाको घोर भत्सर्ना गर्दछु । घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न सरकारको ध्यान आकर्षित गर्दछु ।’
सोमबार साझँ भारतीय सुरक्षाकर्मीको गोली लागेर दोधाराचाँदनी–१ का अन्दाजी १६ वर्षीय नरेन्द्र सुनार घाइते भएका थिए । भारतीय वन क्षेत्र गठिगोठमा गएका बेला लुहारमाथि गोली प्रहार गरिएको बुझिएको छ । घाइते लुहारलाई उपचारका लागि महाकाली अस्पताल लगिएको जनाइएको छ ।
सुनार सोमबार साँझ साढे ६ बजे गोली लागेर घाइते भएका थिए । घाइते सुनारको दाहिने खुट्टामा गोलीको छर्रा लागेको छ । घुँडामुनि गोली लागेको सुनारको अवस्था खतरामुक्त छ । उनको महाकाली अस्पतालमा उपचार भइरहेको छ । भारतीय बजार गडीगोठबाट फर्किंदै गर्दा जंगल क्षेत्रमा आफूमाथि गोली प्रहार भएको उनले बताएका छन् ।
यसबीच भारतीय एसएसबीले नेपालीमाथि गोली प्रहार गर्दा समेत नेपालसरले ध्यानाकर्षण नगरेको भन्दै यतिबेला सरकारको आलोचना भइरहेकोछ ।
चार दिन भारी वर्षा हुने, पश्चिम नेपाललाई ‘जोखिम’
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं