बाँकेबाट ८ सय महिला तथा बालबालिका हराए


बाँकेबाट ८ सय महिला तथा बालबालिका हराए

नेपालगन्ज : बाँकेमा तीन वर्षमा करीब आठ सय महिला तथा बालबालिका हराएका छन् । आर्थिक बर्ष २०७५/०७६ देखि ०७७ पुस तेस्रो सतासम्म आठ सय आठ जना महिला बालबालिका तथा जेष्ठ नागरिक हराएको भन्दै प्रहरीमा निबेदन परेको छ ।

जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र बाँकेका अनुसार हराएकाहरु मध्य ८७ प्रतिशत महिला तथा बालबालिका रहेका छन् । केन्द्रको तथ्याँकमा बाँकी १३ प्रतिशत बालक र एक प्रतिशत जेष्ठ नागरिक रहेको उल्लेख छ ।

केन्द्रकी प्रहरी सहायक निरीक्षक श्यामकुमारी पाईजा मगरका अनुसार आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म ४ सय ८१ महिला, २ सय २० बालिका, ९९ बालक र ८ जना जेष्ठ नागरिक हराएर आफन्तले खोजी गरिदिन केन्द्रमा निवेदन दिएका छन् । जसमध्ये ६ सय ८२ जना फेला परे पनि एक सय २६ जना अझैसम्म फेला परेका छैनन् । यो कुल हराएका व्यक्तिको १६ प्रतिशत हो ।

केन्द्रका अनुसार आव २०७५/०७६ मा ३ सय ७०, २०७६/०७७ मा ३ सय ११ र २०७७/०७८ मा १ सय २७ जना महिला, बालबालिका तथा जेष्ठ नागरिक हराएको निवेदन आएको छ । ति मध्ये आव २०७५/०७६ मा तीनजना, २०७६/०७७ मा ३१ जना र २०७७/०७८ मा ९२ जना हराएका महिला, बालबालिका तथा जेष्ठ नागरिक फेला परेको सहायक निरीक्षक मगरको भनाई छ ।

Kanti Aarogya Hospital Nepalgunj

हराएकाहरुका आफन्त तथा अभिभावकले  दिएको  निवेदन अनुसार बाँकेमा आर्थिक वर्ष २०७७/०७८ मा १ सय २७ जना हराएका छन् ।

चालु आर्थिक वर्षको पुस तेस्रो सातासम्म हराउनेमा ८० जना महिला छन् । भने  ४६ जना बालबालिका र एक जना जेष्ठ नागरिक रहेका छन । तीमध्ये  ९२ जना  भेटिएको  प्रहरीले  जनाएको  छ । हराएका मध्य अधिकांस महिला तथा बालबालिका बेचविखनमा परेको हुनसक्ने बताईएको छ ।