नेपालगन्ज : भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमा मिच्न खोजेपछि नेपाली पक्षले भारतीय सुरक्षाकर्मीले राखेको अस्थायी पोष्ट हटाएकोछ ।
कञ्चनपुरको दशगजा क्षेत्रमा (एसएसबी) ले एकलौटी रूपमा स्थापना गरेको अस्थायी पोस्ट स्थानीय प्रशासनले हटाएको हो ।
कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–१० भुडास्थित नेपाल–भारत पिल्लर नम्बर ३४ देखि ३५ सम्म एसएसबीले राखेका अस्थायी पोस्ट प्रशासनले हटाउन लगाइएको हो ।
भारतीय पक्षले सीमा रेखानजिक अस्थायी पोस्ट स्थापना गरेको थाहा पाएपछि हटाउन लगाइएको बेलौरी नगरपालिका–१० का वडाध्यक्ष हरिलाल चौधरीले जानकारी दिए ।
‘दुई/तीन दिनअगाडि पोस्ट राखेको रहेछ । हामीले थाहा पाएपछि हटाउन लगाएका छौं,’ उनले भने, ‘यो विवादित ठाउँ हो । नेपाल सरकारले लालपुर्जा दिएको छ । तर, भारतीयले उपभोग गर्ने गरेका छन् ।’
पोस्ट हटाउन गएको नेपाली टोलीसँग भारतीय एसएसबीले भारतबाट नेपालमा हुने तस्करी रोक्ने पोस्ट राखेको दाबी गरेका थिए । विवादित क्षेत्रमा अस्थायी पोस्ट राखिएको पाएपछि हटाउन लगाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामकुमार महतोले बताए ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भुडा, प्रहरी चौकी भुडा, अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुर र स्थानीयको संयुक्त टोलीले भारतीय एसएसबीलाई अस्थायी पोस्ट हटाउन लगाएको थियो ।
पछिल्ला दिन भारतीय एसएसबीले कुनै न कुनै बहानामा नेपाली भूमि मिच्दै आफ्नो पोष्ट खडा गर्दै आएकोछ ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु