अबैध मासु सहित म्याजिक भ्यान बरामद


अबैध मासु सहित म्याजिक भ्यान बरामद

नेपालगन्ज : सशस्त्र प्रहरीले ठूलो मात्रमा अबैध मासुसहित एउटा गाडी नियन्त्रणमा लिएकोछ ।

भारतबाट नेपाल भित्राइएको वोन लेस मासु सहित पिक अफ भ्यान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

सशस्त्रको बिओपी बढैयाबाट सशस्त्र प्रहरी निरीक्षक बिनोद श्रेष्ठको कमाण्डमा खटिएको टोलीले बाँकेको खजुरा गाउँपालिका– २ ‘के’ गाउँबाट भन्सार छलि अबैधरुपमा नेपाल ल्याउँदै गरेको ९ लाख ४० हजार मूल्य बराबरको एक हजार एक सय किलो मासु बरामद गरेको हो ।

उक्त मासु भे.०१ च. २३३९ नम्बरको को पीकअप म्याजिक गाडीमा ल्याउदै गरेको अवस्थामा शुक्रबार राती साढे १२ बजे बरामद गरिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

शसस्त्रले आफ्नो नियन्त्रणमा लिएको उक्त गाडी र मासु आवश्यक कारबाहीका लागी नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।