नेपालगन्ज : प्रतिबन्धित विप्लब समुह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू (क्रान्तिकारी) ले बाँकेका एक शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएकोछ ।
कोहलपुर नगरपालिकाको हवलदारपुरस्थित राम माध्यामिक विद्यालयमा कार्यरत शिक्षक पवन कुमार यादवलाई कारबाहीको चेतावनी दिएको हो ।
लामो समयदेखि विद्यालयमा नियमित उपस्थित नहुने, कहिलेकाही उपस्थित भैहाले पनि आफ्नो कक्षा नै नलिने, महिनौं तथा हप्तौंसम्म उपस्थित नभएर एकै पटक हाजिर लगाई आफ्नो तलब बुझ्ने गरेको गुनासो विद्यार्थी तथा अभिभावकहरूले गरेको भन्दै युुनियनले ध्यानाकर्षण जनाउँदै कारबाहीको चेतावनी दिएको छ ।
अनेरास्ववियू (क्रान्तिकारी) ले उक्त विद्यालयमा अनुगमन गर्दा शिक्षक यादव विगत २३ दिनदेखि कुनै पनि किसिमको बिदा नलिई तथा विद्यालय प्रशासनलाई कुनै जानकारी नै नदिएर अनुपस्थित रहेको प्रमाण भेटाएको दावि गर्दै शिक्षक यादवको हाजिरी पुस्तिकामा हाजिरी गयल प्रमाणित गरि संगठनको छाप लगाइएको विज्ञप्तीमार्फत जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘शिक्षक यादवलाई सुध्रिन वा राजीनामा गर्नको निम्ति चेतावनी दिन्छौं । साथै निज शिक्षकको अनुपस्थित रहेको सम्पूर्ण दिनको तलब कटौती सहित कडा कारबाहीको लागि सम्बन्धित निकायमा हाम्रो संगठन जोडदार माग गर्दछ ।’
यसअघि, गत मंसिरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेका थिए ।
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै