टिप्पर नियन्त्रण गर्दै बाँकेका सिडीओ, एकैदिन ५० टिप्पर कारबाहीमा


टिप्पर नियन्त्रण गर्दै बाँकेका सिडीओ, एकैदिन ५० टिप्पर कारबाहीमा

तस्विरः कारबाहीमा परेका टिप्पर । प्रजिअ कुरुम्वाङको फेसबुकबाट ।

नेपालगन्ज : बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग टिप्पर नियन्त्रणमा सक्रिय भएकाछन् ।

टिप्पर नियन्त्रणमा आफै खटिएका प्रजिअ कुरुम्वाङ्गले एकै दिन ५० वटा टिप्परलाई कारबाही समेत गरेकाछन् । यसरी कारबाहीमा पर्ने टिप्परले नदिजन्य पदार्थ बालुवा र ग्राभेल बोकेर सडकभरी जथाभावी पानी झार्दै गुुडेका थिए ।

प्रजिअ कुरुम्वाङ्गको कारबाहीमा शनिबार मात्रै ५० वटा टिप्पर कारबाहीमा पर्दा ७५ हजार राजश्व संकलन भएकोछ । प्रजिअ कुरुम्वाङको कारबाहीमा परेका टिप्परले प्रति टिप्पर १५ सय रुपैयाँ जरिवाना तिरेका थिए ।

प्रजिअ कुरुम्वाङ्गले मनोमानी ढंगबाट नदिजन्य पदार्थ ओभर लोड गरि दिनहुँ गुड्ने टिप्परका कारण सडक विर्गदै गएपछि नियन्त्रणमा लिदँै कारबाही गरेका हुन् । उनको यो कार्यलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले साथ दिएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

पैदल यात्रु र सवारी साधनलाई समेत गाह्रो बनाउदै नदिजन्य पदार्थ र पानी झारेर सडकको बिजोक अवस्था हुँदै गर्दा बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ आफै सडकमा निस्केर त्यस्ता टिप्परलाई कारबाही गरेका हुन् ।

टिप्पर कारबाही दौरानमा बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारी समेत सडकमै बसेर टिप्पर नियन्त्रणमा लिदै जरिवाना लिएका हुन् । ट्राफिक प्रहरी प्रमुख भण्डारीका अनुसार यो अभियान मुख्य राजमार्गमा मात्र नभएर अब गाउँ–गाउँमा समेत गएर कारबाही गरिनेछ ।

सडक विगार्ने सवारी साधनप्रति आक्रमक बनेका बाँकेका प्रमुख जिल्ला अधिकारीले यसपछि पनि नदिजन्य पदार्थ बोक्दा सडकमा पानी झार्दै गुडेको पाइएमा मुद्दा नै दायर गर्ने बाँके ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

सडक विगार्ने टिप्पर नियन्त्रणमा लिइ कारबाही गरेका प्रजिअ कुरुम्वाङ्गलाई यतिबेला सर्वसाधारणले ट्याक्टरलाई समेत नियन्त्रणमा लिई कारबाही गरिनुपर्ने माग गरेकाछन् ।