सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) तनावग्रस्त बनेको छ । प्रहरी र विद्यार्थीबीच झडप हुँदा तीन जना विद्यार्थी घाइते भएपछि नेविसंघले विभिन्न मागसहित आन्दोलन गरिरहेको छ ।
परीक्षाका विषयमा विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह र विद्यार्थी प्रतिनिधिबीचको छलफलका क्रममा विवाद हुँदा आईतबार साँंझ स्थिति तनावग्रस्त बनेको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा स्ववियु सदस्य तथा नेविसंघका नेता रोशन बस्नेत, विद्यार्थी तर्कराज शाही र लक्ष्मण बोगटी घाइते भएका थिए ।
विद्यार्थीहरुले सोमबार बिहानैदेखि केन्द्रीय क्याम्पसको मुलगेट अगाडि विरोध प्रदर्शन गरिरहेका छन् । विश्वविद्यालयका उपकुलपति प्राचार्य डाक्टर नन्दबहादुर सिंहविरुद्ध विद्यार्थीहरुले आन्दोलन गरेका हुन् ।
विद्यार्थीहरुले हालसम्म काउन्सिलमा दर्ता नभएको हाइड्रो ईन्जिनियरलाई दर्ता गराउनुपर्ने, मौका परीक्षाको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेको नेविसंघका नेता गौतम बिसीले जानकारी दिए ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?