घाइते अवस्थामा उद्धार गरिएको चरी बाघको मृत्यु


घाइते अवस्थामा उद्धार गरिएको चरी बाघको मृत्यु

File Photo

तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङबाट घाइते अवस्थामा उद्धार गरिएको चरी बाघको मृत्यु भएको छ । यही पुस २१ गते घाइते अवस्थामा उद्धार गरिएको बाघको सोमबार उपचारका क्रममा मृत्यु भएको हो ।

डिभिजन वन कार्यालयमा भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्रका चिकित्सकको सहयोगमा उपचार भइरहेको बाघको मृत्यु भएको सवडिभिजन कार्यालय विमलनगरका प्रमुख सुरेश भुजेलले जानकारी दिए । मृत्यु भएको बाघलाई कार्यालय प्राङ्गणभित्रै खाल्डो खनेर गाडिएको छ । बाघको खुट्टा र ढाडमा चोट लागेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

शुरुमा उद्धार गर्दा चितुवाको बच्चा भनिएपनि पछि अध्ययनको क्रममा संरक्षित चरीबाघ भएको पत्ता लागेको थियो । प्रमुख भुजेलका अनुसार जिल्लामा पहिलो पटक चरी बाघ भेटिएको हो । -रासस