मार्तडी : बडीमालिका नगरपालिका–९, चौराटी खेतमा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–४, छापुका ६० वर्षीय धननाथ योगी रहेका छन् । उनको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।
उनका अनुसार खाली रहेका ग्यासका सिलिन्डर बोकेर तिपाडा जाँदै गर्दा चौराटी खेतनजिकै दुर्घटनामा परी घाइते भएका योगीको उपचारका क्रममा मृत्यु भएको हो ।
ट्याक्टर दुर्घटना हुँदा सडकभन्दा १०० मिटर तल खसेको प्रहरी निरीक्षक ठगुन्नाले जानकारी दिए । ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ । ट्याक्टरको नम्बर प्लेट नभएकाले फरार रहेका चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । -रासस
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै