नेपालगन्ज : भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक जना सरणार्थीको मृत्यु भएकोछ । झापाको दमकस्थित बेलडाँडी भुटानी शरणार्थी शिविरमा आगालागी भएको हो ।
शिविरको सेक्टर नम्बर डी ४, छाप्रा नम्बर ३२५ मा आगलागी हुँदा जलेर बस्ने ६० वर्षीय देशमार राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
सोमबार साँझ छाप्रोमा एक्कासि आगो सल्किएको थियो । प्यारालाईसिसका बिरामी राई घरमै सुतिरहेको अवस्थामा आगलागीमा परेर जलेको बताइएको छ ।
बाँसको टाटीको बार र जस्ता पाताले बनेको छाप्रोमा लागेको आगो स्थानीय, नेपाल प्रहरी, शसस्त्र प्रहरी र दमक नगरपालिकाको वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको दमक प्रहरीले जनाएको छ ।
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै