आगलागीमा परी भुटानी शरणार्थीको मृत्यु


आगलागीमा परी भुटानी शरणार्थीको मृत्यु

नेपालगन्ज : भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक जना सरणार्थीको मृत्यु भएकोछ । झापाको दमकस्थित बेलडाँडी भुटानी शरणार्थी शिविरमा आगालागी भएको हो ।

शिविरको सेक्टर नम्बर डी ४, छाप्रा नम्बर ३२५ मा आगलागी हुँदा जलेर बस्ने ६० वर्षीय देशमार राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

सोमबार साँझ छाप्रोमा एक्कासि आगो सल्किएको थियो । प्यारालाईसिसका बिरामी राई घरमै सुतिरहेको अवस्थामा आगलागीमा परेर जलेको बताइएको छ ।

बाँसको टाटीको बार र जस्ता पाताले बनेको छाप्रोमा लागेको आगो स्थानीय, नेपाल प्रहरी, शसस्त्र प्रहरी र दमक नगरपालिकाको वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको दमक प्रहरीले जनाएको छ ।