१७ वर्षिय भाई मार्ने दाई ईसराईल पक्राउ


१७ वर्षिय भाई मार्ने दाई ईसराईल पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरि तीन वटा घटनामा पक्राउ परेकालाई समेत सार्वजनिक गरेको छ ।

पुस २७ गते आफ्नै भाईको हत्या गर्ने ईसराईल खाँ पक्राउ परेका छन् । घरासयी विवादमा खाँले १७ वर्षका भाई रहिस खाँको हत्या गरेका थिए ।

नरैनापुर गाउँपालिका वडा नम्बर–४ नरैनापुर बस्ने ३० वर्षिय ईसराईलले नरैनापुरमा रहेको बारिसी बाबा सामुदायिक वनमा आफ्नै सहोदर भाई १७ वर्षिय रहिसलाई घरायसी विवादका कारण नियोजित तरिकाले पछाडीबाट लाठी (करौती÷धौती ) ले टाउकोमा प्रहार गरि हत्या गरेका थिए ।

ईसराईलले लाठीले भाईको टाउकोमा प्राहर गदा रहिसको घटनास्थलमै मृत्यु भएको थियो । ईसराईललाई ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक बसन्त गौतमको नेतृत्व टोलीले नरैनापुर गाउँपालिका वडा नम्बर–४ घोरधैरिया नाकाबाट नियन्त्रणमा लिइ हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै बाँके प्रहरीले मङ्गलबार नै विमानस्थलबाट चार ग्राम ९ सय ६० मिलिग्राम ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ । विमानस्थलमा सामान दिन भनि भित्र प्रवेश गर्न थालेका मुगुका पदम मल्लको साथबाट ब्राउनसुगर बरामद भएको हो ।

यसअघि वडा प्रहरी कार्यालयको टोलीले भारतबाट अबैध रुपमा ल्याइएको १० वटा खच्चर बरामद गरि भन्सार बुझाएको उक्त पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।