बैंक म्यानेजरलाई तत्काल पक्राउ गरी अनुसन्धान थाल्छु : एसपी राना


बैंक म्यानेजरलाई तत्काल पक्राउ गरी अनुसन्धान थाल्छु : एसपी राना

नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले राष्ट्रिय वाणिज्य बैंक धम्बोझी शाखाका म्यानेजर विनोद पाण्डेलाई तत्काल पक्राउ गरी अनुसन्धान थाल्ने भएको छ ।

बाँकेका एसपी ओम बहादुर रानाले दुर्घटनाको बिषयमा अनुसन्धानका लागि बैंक म्यानेजर पाण्डेले पक्राउ गरी अनुसन्धान अगाडी बढाइने बताए ।

वाणिज्य बैंकका म्यानेजर पाण्डेले कार्यालय समयमा बैंककै गाडी लिएर गएको पुष १५ गते डेटिङ् गएका थिए । डेटिङ्बाट फर्कने क्रममा बाँकेको शम्शेरगञ्ज नजिक विपरित दिशाबाट आइरहेको ट्रकमा आफै लगेर बा १८ च ३६८६ बैंकको टाटासुमो गाडी ठोक्काएका थिए । गाडीमा सवार एक युवतीको मृत्यु हुन पुगेको थियो ।

बैंक म्यानेजरसँगको डेटिङ्ले युवतीको ज्यान गयो

Kids Festival 2022
kanti aarogya hospital
add

शेम्शेरगञ्जका व्यापारी एकराज खड्कामार्फत शम्शेरगञ्जकै प्रहरी चौकी र बाँके ट्राफिकलाई मिलाएर उल्टै गल्तीनै नभएको ट्रकलाई ७ लाख तिराईएको छ । रक्सीले मातिएका म्यानेजर पाण्डेले विपरित दिशाबाट आइरहेको ना ५ ख ९७८० नम्बरको ट्रकमा उसकै लेनमा गएर बैंकको गाडी ठोक्काएको प्रहरीलेनै जनाएको छ ।

नेपालगन्ज मेडिकल कलेजबाट २ दिन अघि डिस्चार्ज भएका बैंक म्यानेजर पाण्डेले ‘आफुले तलदेखि माथिसम्म प्रहरी सबैलाई मिलाइसकेको र आफुलाई कसैले केही गर्न नसक्ने’ आफ्ना साथीहरुसँग बताउँदै हिँडेका छन् ।

बैंक म्यानेजर पाण्डेले कार्यालय समयमा बैंकको गाडीमा केटी लिएर डेटिङ् गएको, फर्कदाँ गाडी ठोक्काएको र युवतीको ज्यान समेत गएकोले बैंक म्यानेजर पाण्डेलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाइने एसपी रानाले बताए ।

‘घटना गम्भीर छ दुर्घटनाभित्र धेरै रहस्य लुकेको जस्तो देखिन्छ ।’ सेतोखरीसँग कुरा गर्दै एसपी रानाले भने ‘बैंक म्यानेजरलाई पक्राउ गरेर मैले अनुसन्धान अगाडी बढाउँछु ।’
नेतृ विन्दु चर्तीमगरको साथमा गएकी युवती संगिताले दुर्घटनामा अनाहकमा ज्यान गुमाउनु पर्यो ।

स्थानीय प्रत्यक्षदर्शीलाई हवाला दिंदै शम्शेरगन्ज प्रहरी भन्छ ‘टाटासुमो गाडी तीब्रगतीमा गुडेको र अन्य गाडीहरुलाई ओभरटेक गर्दै अगाडी बढेको थियो ।’ ट्रकसँग ठोक्किएको बैंकको टाटासुमो गाडी कच्याककुचुक भएको छ । ट्रक चालकले तीब्र गतीमा आइरहेको टाटासुमोले गलत ‘साईड’ आएर ट्रकमा ठोक्किन आएको ट्रक चालकले प्रहरी समक्ष बयान दिएका छन् ।