नेपालगन्ज : राष्ट्रिय अनुसन्धान विभाग, बाँकेमा कार्यरत सहायक सूचक प्रवीण थापामगर मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अनुसन्धानका सहायक सूचक थापामगर नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८, लग्दहवास्थित तोरीबारीमा मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार हिजो बिहीबार अपरान्ह सवा पाँच बजेसम्म थापामगर सम्पर्कमा रहेका थिए । उनको शव आज दिउँसो भेटिएको छ ।
बाँके प्रहरीका अनुसार, मृतकको शरीरमा कुटपिटको डाम देखिएको छ । कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका गरिएको छ । यद्यपी यतिबेला घटना स्थलमा बाँके प्रहरीको टोलीले अनुसन्धान गरिरहेकोछ ।
अनुसान्धानका लागि प्रहरीको कुकुर समेत परिचालन गरिएकोछ ।
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै