नेपालगन्जको लग्दहवामा अनुसन्धान विभागका सहायक सूचक मृत भेटिए


नेपालगन्जको लग्दहवामा अनुसन्धान विभागका सहायक सूचक मृत भेटिए

नेपालगन्ज : राष्ट्रिय अनुसन्धान विभाग, बाँकेमा कार्यरत सहायक सूचक प्रवीण थापामगर मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अनुसन्धानका सहायक सूचक थापामगर नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८, लग्दहवास्थित तोरीबारीमा मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार हिजो बिहीबार अपरान्ह सवा पाँच बजेसम्म थापामगर सम्पर्कमा रहेका थिए । उनको शव आज दिउँसो भेटिएको छ ।

बाँके प्रहरीका अनुसार, मृतकको शरीरमा कुटपिटको डाम देखिएको छ । कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका गरिएको छ । यद्यपी यतिबेला घटना स्थलमा बाँके प्रहरीको टोलीले अनुसन्धान गरिरहेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

अनुसान्धानका लागि प्रहरीको कुकुर समेत परिचालन गरिएकोछ ।