राप्ती नदीमा डुबेर चौधरी बेपत्ता


राप्ती नदीमा डुबेर चौधरी बेपत्ता

नेपालगन्ज : राप्ती नदीमा नुहाउन गएका २४ वर्षिय युवा प्रदीप चौधरी डुबेर बेपत्ता भएका छन् ।

राजपुर गाउँपालिका वडा नम्बर– २ बेला, दाङका चौधरी हिजो बिहीबार दिउँसो राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चौधरी करिब १२ बजेतिर नुहाउन भनेर राप्ती नदीमा पसेका थिए ।

चौधरी बेपत्ता भएको खबरपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको टिमले खोजी गरे पनि हालसम्म उनी फेला पर्न सकेका छैनन् ।

Kanti Aarogya Hospital Nepalgunj

स्थानीयका अनुसार बेपत्ता चौधरी नुहाउन जानु अघि मदिरा सेवन गरेको बताए पनि यसको प्रहरीले पुष्टि गरेको छैन । यो समाचार तयार पार्दासम्म राप्ती नदीमा बेपत्ता भएका चौधरी अझैं भेटिएका छैनन् ।