नेपालगन्ज : राप्ती नदीमा नुहाउन गएका २४ वर्षिय युवा प्रदीप चौधरी डुबेर बेपत्ता भएका छन् ।
राजपुर गाउँपालिका वडा नम्बर– २ बेला, दाङका चौधरी हिजो बिहीबार दिउँसो राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चौधरी करिब १२ बजेतिर नुहाउन भनेर राप्ती नदीमा पसेका थिए ।
चौधरी बेपत्ता भएको खबरपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको टिमले खोजी गरे पनि हालसम्म उनी फेला पर्न सकेका छैनन् ।
स्थानीयका अनुसार बेपत्ता चौधरी नुहाउन जानु अघि मदिरा सेवन गरेको बताए पनि यसको प्रहरीले पुष्टि गरेको छैन । यो समाचार तयार पार्दासम्म राप्ती नदीमा बेपत्ता भएका चौधरी अझैं भेटिएका छैनन् ।
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै