बाँके प्रहरी प्रविनको हत्यारा पक्राउ गर्न सफल, आधा दर्जन संलग्न 


बाँके प्रहरी प्रविनको हत्यारा पक्राउ गर्न सफल, आधा दर्जन संलग्न 

नेपालगन्ज ४ माघ, : राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविन थापा मगरको हत्यामा संलग्न ब्यक्तिलाई पक्राउ गर्न सफल भएको छ । केही पक्राउ परिसकेका छन् भने केही पक्राउ हुँदैछन् । पक्राउ परेकाको बाँके प्रहरीले ‘भेरिफाई’ गरिरहेको छ । 
 
बुवा डम्बर थापासँगको रिसिइबिका कारण छोरा प्रविनको हत्या हुन पुगेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उच्च प्रहरी स्रोतले सेतोखरीलाई जानकारी दिएको छ । प्रविनका बुबा डम्बर नेकपाका जिल्ला नेता हुन् । 
 
पक्राउ परेका मध्ये एक जनाले आफूले हत्या गरेको भन्ने बयान दिसकेका छन् । उक्त ब्यक्ति प्रविन हत्यामा संलग्न हो या होइन भनि प्रहरीले भेरिफाई गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेको श्रोतले जनाएको छ । ती व्यक्तिको बयानका आधारमा प्रहरीले आधा दर्जन व्यक्तिलाई आइतबार पक्राउ गर्दैछ । प्रारम्भिक अनुसन्धान अनुसार, हत्यामा संलग्न भनिएका सबै मधेशी मुलका रहेको बताइएको छ ।
 
प्रहरीले घटनालाई राजनीतिक, तस्करी, दुस्मनी लगायतका विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताएकोछ । प्रहरीले कल डिटेल्स, सिसिटीभि फुटेज, पक्राउ परेका व्यक्तिसँगको बयान लगायतका अनुसन्धानका उपायहरु अपनाउँदै हत्यामा संलग्न ब्यक्तिको पहिचान गर्दै अगाडी बढेको छ । 
 
‘प्रहरीले प्रविनको हत्यामा संलग्न ब्यक्तिको पहिचान गर्न अनुसन्धान केन्द्रित गरेकोछ ।’ प्रहरी श्रोतले भन्यो ‘अहिल्यै फाइनल यही हो भन्न सकिदैँन एक, दुई दिनमा अनुसन्धान टुङ्गिन्छ जस्तो छ, भेरिफाईका लागि विभिन्न कोणबाट अनुसन्धान भइरहेकोछ ।’ 
 
राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविनको हत्या घटनाको अनुसन्धानमा बाँके प्रहरीले सम्पूर्ण शक्ति प्रयोग गरेकोछ । 
प्रविन हत्या घटनाको बास्तविक कारण पहिल्याउँदै विभिन्न आयामबाट गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको बाँके प्रहरीले अनुसन्धानका लागि सम्पूर्ण शक्ति प्रयोग गरेको हो । प्रविन हत्याले बाँके जिल्लाको शान्ति सुरक्षमा गम्भिर प्रश्न खडा गरिदिएको छ भने सबैलाई स्तब्ध बनाइदिएको छ ।
 
बाँके प्रहरीका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक सुवास खड्का स्वयम् यस घटनाको रहस्यसम्म पुग्न आफै फिल्डमा उत्रिएकाछन् । सेतोखरीसंग कुरा गर्दै खड्काले भने–‘घटनाको अनुसन्धान गर्नेक्रममा प्रहरीले आफ्नो सम्पूर्ण विधि अपनाएर गम्भीरतापूर्वक अघि बढिरहेकोछ । 
 
घटनाको प्रारम्भिक अनुसन्धानमा मृतक भेटिएको ठाउँमै घटना भएको हुनसक्ने आँकल गरिएको भन्दै प्रहरी प्रवक्ता खड्काले मृतक भेटिएको स्थानबाट अनुसन्धानलाई तिव्रता दिएको बताए । 
 
उनले भने–‘प्रविधि तथा अपराध अनुसन्धानका विधिमा रही प्रहरीले अनुसन्धान गरिरहेकोछ । प्रविनको हत्यामा संलग्न ब्यक्तिहरुलाई छिटै पहिचान गरि पक्रिनेछौं । प्रहरीको अनुसन्धानमा प्रभाव पर्ने हुदाँ अनुसन्धानबाट आएका सबै कुराहरु भन्न मिल्दैन यद्यपी हाम्रो अनुसन्धानलाई प्रोग्रेस मिलेकोछ ।’
 
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८, कारकाँदो स्थायी घर भएका २७ वर्षिय प्रविन शुक्रबार मृत भेटिएका थिए । नेपालगन्ज लग्दहवा स्थित तोरीबारीमा शव भेटिएको खबर पाएको बाँके प्रहरी घट्ना स्थलमा पुगी शव जाँच गर्दा राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक थापा रहेको थिए ।
 
बाँके प्रहरीका अनुसार, मृतकको शरीरमा कुटपिटको डाम देखिएको छ । बिहीबार अपरान्ह सवा पाँच बजेसम्म थापामगर सम्पर्कमा रहेका थिए । उनको टाउकोमा गहिरो घाउचोट लागेको छ । धारिलो बस्तुले प्रहार गरि कसैले उनको हत्या गरेर फालेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

 

Kids Festival 2022
kanti aarogya hospital
add