रक्सी खाएर मातेका विकले बाटोमा हिँडिरहेकी ५ वर्षिया बालिकालाई बलात्कार गरे


रक्सी खाएर मातेका विकले बाटोमा हिँडिरहेकी ५ वर्षिया बालिकालाई बलात्कार गरे

नेपालगन्ज ५ माघ : रक्सी खाएर मातेका होमबहादुर विकले बाटोमा हिँडिरहेकी ५ वर्षिया बालिकालाई बलात्कार गरेका छन् ।

पीडित बालिकाको अहिले काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अहिले सुधारोन्मुख रहेको रूपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

५ वर्षिया बालिका बलात्कार गर्ने २८ वर्षीय विकलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । प्रहरीका अनुसार बालिकाको गुप्ताङ्ग क्षतविक्षत हुनुका साथै उनको मुख तथा शरीरका विभिन्न भागमा चोटपटक लागेको थियो ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार घटना यही माघ १ गते रातिको हो ।

Kids Festival 2022
kanti aarogya hospital

तिलोत्तमा नगरपालिका वडा नम्बर– १५, कोटिहवाकी ती ५ वर्षिया बालिका पसल जाँदै थिइन् । सोही क्रममा कपिलवस्तुको वाणगंगा नगरपालिका–१० घर भई हाल तिलोत्तमा नगरपालिकाकै वडा नम्बर– १३ बबनी बस्ने होमबहादुर विकले उनलाई बलात्कार गरेका हुन् ।

अबेरसम्म बालिका नफर्केपछि प्रहरी र स्थानीय मिलेर खोजी गर्दा घरबाट केही पर खेतनजिकै खोल्सामा बालिका अचेत अवस्थामा फेला परेकी थिइन् । रक्सी खाएर मातेका विकले बाटोमा हिँडिरहेकी बालिकालाई बलात्कार गरेका थिए ।

रूपन्देहीको सरकारी अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार हुन नसकेपछि पीडित बालिकालाई थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।