नेपालगन्ज ७ माघ : नेपालगन्ज उपमहानगरपालिकाको राझाँ चोकमा प्रहरी बिट स्थापना गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० र जिल्ला प्रहरी कार्यालयको समन्वय र सहयोगमा प्रहरी बिट स्थापना गरिएको हो ।
प्रहरी बिटका लागि निर्माण गरिएको नवनिर्मित भवनको बुधवार बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक ओम बहादुर रानाले एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरे ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २०, वडा कार्यालय र स्थानीय भद्र भलाद्मी तथा ब्यावसायीहरुको सहयोगमा दुई कोठे प्रहरी भवन निर्माण गरिएको वडाध्यक्ष कृष्ण कार्कीले जानकारी दिए ।
प्रमुख अतिथि बाँके प्रहरी प्रमुख ओम बहादुर रानाले जिल्लामा शान्ति सुरक्षा कायम राख्न २४ सैं घण्टा प्रहरी क्रियाशिल रहेको बताउदै, प्रहरीको बस्ने ब्यबस्थाको लागि भवन बनाउन सहयोग गर्ने सबै दाताहरु र सहयोगीमनको प्रसंशा गर्दै धन्यवाद दिएका थिए ।
उनले नवनिर्मित राँझा पोष्टमा थप २ जना प्रहरी थप गर्ने प्रतिवद्धता जनाउदै देशमै सबै भन्दा बढि अपराध गरि फरार रहेका अपराधिहरुलाई पक्राउ गरि कारागार पठाउन बाँके प्रहरी सफल भएको कुरा बताए । प्रहरी र स्थानीय जनताको संयुक्त प्रयास रहे शान्ति, सुरक्षा तथा अमनचयन हुने उनले जोड दिए ।

दाताहरुको तर्फबाट बोल्दै डाक्टर कुमारशान शाहले प्रहरी भवन निर्माण कार्यको लागि सहयोग गर्न पाउँदा खुशी ब्यक्त गर्दै चोकमा सिसि क्यामेरा जडानका लागि ५ हजार सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
नेपालगन्ज उपहमानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष कृष्ण कार्किको सभापतित्वमा सम्पन भएको कार्यक्रमको सञ्चालन वडा सदस्य चक्र बहादुर बुढाले गरेका थिए ।
कार्यक्रममा बासका अध्यक्ष रमेश सिटौला, कोहलपुर ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख, कप्तान कृषि फर्मका सञ्चालक डाक्टर कुमारशान शाह लगाएत बिभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका पदाधिकारी र स्थानीयहरुको उपस्तिथि उक्त प्रहरी पोष्टको उद्घाटन गरिएको थियो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० को वडा कार्यालयको दुई लाख सहयोग र स्थानीय सहयोगी दाताहरुको चार लाख पचास हजार गरि जम्मा छ लाख पचास हजारको लागतमा नवनिर्मित प्रहरी भवन निर्माणको लागि सुरेन्द्र भाटले ३२ हजार, डाक्टर कुमारशान शाहले २० हजार लगायत २९ जना दाताहरुको सहयोगमा उक्त भवन निर्माण सम्पन्न गरिएको थियो ।
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?