नेपालगन्ज १३ माघ : एक ग्राम ब्राउनसुगरसहित बाँकेका २२ वर्षिय युवा पक्राय परेकाछन् ।
नेपाल–भारत सीमा नाका जमुनाहबाट ब्राउन सुगरसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
जमुनाहा स्थित शंकास्पद रुपमा उभिएका बाँके कोहलपुर नगरपालिका वडा नम्बर–५ रझेनाका २२ वर्षिय होम बहादुर सार्कीलाई ईलाका प्रहरी कार्यालय जमुनाह प्रहरी टोलीले नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए ।
उनका अनुसार शंकास्पद रुपमा रहेका सार्कीलाई नियन्त्रणमा लिई तलासी लिदाँ रातो प्लाष्टिकको पुडिया बनाई राखेको अवस्थामा एक ग्राम ब्राउनसुगर धुलो बरामद गरी आवश्यक अनुसन्धान भईरहेको जनाए ।
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही