नेपालगन्ज १३ माघ : एक ग्राम ब्राउनसुगरसहित बाँकेका २२ वर्षिय युवा पक्राय परेकाछन् ।
नेपाल–भारत सीमा नाका जमुनाहबाट ब्राउन सुगरसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
जमुनाहा स्थित शंकास्पद रुपमा उभिएका बाँके कोहलपुर नगरपालिका वडा नम्बर–५ रझेनाका २२ वर्षिय होम बहादुर सार्कीलाई ईलाका प्रहरी कार्यालय जमुनाह प्रहरी टोलीले नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए ।
उनका अनुसार शंकास्पद रुपमा रहेका सार्कीलाई नियन्त्रणमा लिई तलासी लिदाँ रातो प्लाष्टिकको पुडिया बनाई राखेको अवस्थामा एक ग्राम ब्राउनसुगर धुलो बरामद गरी आवश्यक अनुसन्धान भईरहेको जनाए ।