नेपालगन्ज १५ माघ : राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत सहायक सूचक प्रविण थापा हत्याको अनुसन्धान काठमाण्डौंबाट केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)को प्रहरी टोलीले गरिरहेकोछ ।
बाँके प्रहरीको अनुसन्धान र सिआईबीले गरेको अनुसन्धान विल्कुलै फरक देखिएको छ ।
काठमाण्डौंबाट प्रहरी निरीक्षकको नेतृत्वमा आएको सिआईबीको टोलीले बाँकेमा बसेर एक सातादेखि प्रविण हत्याको सुक्ष्म अनुसन्धान गरिरहेको छ ।
बाँके प्रहरीले डिएसपी सुवास खड्काको नेतृत्वमा अनुसन्धान टोली गठन गरि प्रविण हत्याको अनुसन्धान गरिरहे पनि काठमाण्डौंबाट सिआईबीको प्रहरी टोली आई घटनाको सुक्ष्म अनुसन्धान गर्न थालेको हो ।
बाँके प्रहरीले सिआईबीको अनुसन्धान टोलीलाई अनुसन्धानमा सघाईरहेको जनाएकोछ । प्रविणको हत्या हुनेवित्तिकै बाँके प्रहरीले अनुसन्धानका लागि केही ब्यक्तिलाई पक्राउ गरेको थियो । पक्राउ परेका केहीले हत्यामा संलग्न रहेको समेत बाँके प्रहरीको अनुसन्धान टोलीलाई बयान दिएका थिए ।
तर, सिआईबीको टोलीले प्रविण हत्यामा संलग्न फरक अनुहार ल्याएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ । ‘बाँके प्रहरीले सुरुमा केही ब्यक्तिलाई अनुसन्धानका लागि ल्याएको थियो । र, उनीहरुमध्ये केहीले प्रविण हत्यामा संलग्न रहेको बयान दिएका थिए ।’ बाँके प्रहरीले भन्यो–‘सिआईबीको टोलीले प्रविण हत्यामा अन्य ब्यक्तिहरु संलग्न रहेको भन्दै पक्राउ गरेकोछ ।’
सिआईबीको अनुसन्धान अन्तिम चरणमा पुगेको बाँके प्रहरीले जनाएकोछ ।
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही