झापा १९ माघ : जिल्लाको कचनकवल गाउँपालिका–१ स्थित घेराबारीमा मध्यरातमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६० वर्षीय गोवद्र्धन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहान १ः५५ बजे अचानक आगलागी हुँदा काठको खम्बा, टिनको बेरा र टिनकै छानो भएको एकतले घर जल्दा घरभित्रै जलेर उनको मृत्यु भएको थियो भने अन्य सदस्यले भागेर ज्यान जोगाएका थिए ।
आगलागीमा परी एउटा गाई, दुइटा बाछा र तीन वटा बाख्रासमेत मरेका छन् । आगो प्रहरी, स्थानीयवासी, भद्रपुर, विर्तामोड नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो र आगलागीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । -रासस
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे
च्याउ टिप्न जंगल गएका थिए कृष्ण, बाघले लग्यो ज्यान
‘बुद्ध सर्किट’मा नेपाल-भारत व्यावसायिक समझदारी