महेन्द्रनगर २२ माघ : प्रचण्ड– नेपाल समुहले गरेको आमहड्तालको रिपोर्टिङका क्रममा महेन्द्रनगरमा पत्रकारमाथि हातपात भएको छ ।
आमहड्तालको रिपोर्टिङ गरिरहेका पत्रकार मदन गिरीमाथी आन्दोलनकारीले हातपात गरेका हुन् ।
आम हड्तालको रिपोर्टिङका क्रममा पूर्वमन्त्री उर्वादत्त पन्त, ईश्वरी खरेल लगायतको समूहले आफूमाथी हातपात गरेको पत्रकार गिरीले बताएकाछन् ।
‘भारतबाट आएर महेन्द्रनगरमा अलपत्र परेका मानिसहरुसँग कुराकानी गरिरहेको थिएँ, सो क्रममा पूर्वमन्त्री पन्तसहित समूहले एक्कासी आक्रमण गर्यो’ पत्रकार गिरीले भने, ‘पत्रकार हुँ भन्दाभन्दै एक्कासी आएर ममाथि आक्रमण भएको छ ।’
रिपोर्टिङका क्रममा आफूमाथि हातपात गर्ने समूहलाई कानूनी दायरामा ल्याउनु पर्ने गिरीको माग छ । पत्रकार गिरी आर्थिक अभियानका कञ्चनपुर संवाददाता हुन् ।
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही