महेन्द्रनगर २२ माघ : प्रचण्ड– नेपाल समुहले गरेको आमहड्तालको रिपोर्टिङका क्रममा महेन्द्रनगरमा पत्रकारमाथि हातपात भएको छ ।
आमहड्तालको रिपोर्टिङ गरिरहेका पत्रकार मदन गिरीमाथी आन्दोलनकारीले हातपात गरेका हुन् ।
आम हड्तालको रिपोर्टिङका क्रममा पूर्वमन्त्री उर्वादत्त पन्त, ईश्वरी खरेल लगायतको समूहले आफूमाथी हातपात गरेको पत्रकार गिरीले बताएकाछन् ।
‘भारतबाट आएर महेन्द्रनगरमा अलपत्र परेका मानिसहरुसँग कुराकानी गरिरहेको थिएँ, सो क्रममा पूर्वमन्त्री पन्तसहित समूहले एक्कासी आक्रमण गर्यो’ पत्रकार गिरीले भने, ‘पत्रकार हुँ भन्दाभन्दै एक्कासी आएर ममाथि आक्रमण भएको छ ।’
रिपोर्टिङका क्रममा आफूमाथि हातपात गर्ने समूहलाई कानूनी दायरामा ल्याउनु पर्ने गिरीको माग छ । पत्रकार गिरी आर्थिक अभियानका कञ्चनपुर संवाददाता हुन् ।